default_image

2 years ago

November 17, 2022

इंग्ल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

103 views

0 Bookmark

एजेन्सी– अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा स्टिभ स्मिथ ७८ बलमा ९ चौका र १ छक्कासहित ८० रनमा अविजित रहे ।

ओपनर डेविड वार्नर र ट्रविस हेडले १९.४ ओभरमा १ सय ४७ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । वार्नर ८४ बलमा १० चौका र १ छक्कासहित ८६ रनमा आउट भए । वार्नर डेविड विल्लीको बलमा साम बिलिंग्सबाट आउट भए ।

हेड ५७ बलमा १० चौका र १ छक्कासहित ६९ रन, मार्नस लाबुसेन ४ र एलेक्स केरी २१ रनमा आउट भए । क्यामरन ग्रीन २० रनमा अविजित रहे । इंग्ल्यान्डका डेविड विल्लीले दुई, क्रिस जोर्डन र लियाम डावसनले एक एक विकेट लिए ।

एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८७ रन बनायो । इंग्ल्यान्डका डेविड मलानले १ सय २८ बलमा १२ चौका र ४ छक्कासहित १ सय ३४ रनको सानदार शतकीय इनिङ खेले ।

हारको बाबजुद सानदार शतकीय इनिङ खेलेका इंग्ल्यान्डका डेविड मलान खेलको प्लेयर अफ द म्याच चुनिए । मलान बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । ओपनर जेसन रोय ६ र फिलिप साल्ट १४ रनमा आउट भए ।

जेम्स भिन्स ५, साम बिलिंग्स १७, जस बटलर २९ र क्रिस जोर्डन १४ रनमा आउट भए । डेविड विल्ली ४० बलमा ३ चौकासहित ३४ रनमा अविजित रहे ।

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले १० ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र मार्कस स्टोइनिसले एक एक विकेट लिए । दोस्रो खेल शनिबार र तेस्रो खेल मंगलबार हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.