default_image

2 years ago

November 18, 2022

नेपालको सानदार सुरुवात

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध सानदार सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ४ ओभरमा ३ विकेट गुमाउँदै २० रन बनाएको छ।

युएईका रोहन मुस्तफा र एलिशान शराफु क्रिजमा छन् । तीव्र गतिका बलर गुलशन झाले दोस्रो ओभरको दोस्रो बलमा आसिफ शेखबाट ११ रनमा क्याच गराए । चोभार एण्डबाट आएका गुलशनको बलमा एज लागेर आउट हुनुअघि उनले ८ बलमा १ चौका र १ छक्का हाने । त्यसअघिको बलमा उनले गुलशनलाई छक्का हान्दै सुरुवात गरेका थिए ।

टियु एण्डबाट आएका सोमपाल कामीले अर्का ओपनर वृत्य अरविन्दलाई शून्यमा बोल्ड गरे । सोमपालको इन स्वींग बल युएईका ओपनर वृत्य बोल्ड हुन पुगे । गुलशन झाले चौथो ओभरको पहिलो बलमै कप्तान सिपी रिजवानलाई ४ रनमा आसिफ शेखबाट क्याच गराउँदै १६-३ को अवस्थामा पुर्याएका छन् ।

नेपालले यस सिरिजकै उत्कृष्ट सुरुवात गरेको छ । पहिलो खेलमा ओपनर वृत्य र वासिमले पहिलो विकेटका लागि १४.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए । दोस्रो खेलमा यी दुई जोडीले ११.५ ओभरमा ७२ रनको सुरुवात गरेका थिए ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । करण केसीलाई बेन्चमा राख्दा हरिशंकर शाहलाई मौका दिएको छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा तीन विकेटले विजयी भएको थियो ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, हरिशंकर शाह, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.