default_image

1 year ago

November 18, 2022

कुशल भुर्तेललाई विकेट, नेपालको उत्कृष्ट बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २७ ओभरमा ५ विकेट ८८ रन बनाएको छ । बासिल हामिद ४ र विष्णु सुकुमारन २ रनमा क्रिजमा छन् । तीव्र गतिका बलर गुलशन झाले दोस्रो ओभरको दोस्रो बलमा ओपनर मोहम्मद […]

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २७ ओभरमा ५ विकेट ८८ रन बनाएको छ ।

बासिल हामिद ४ र विष्णु सुकुमारन २ रनमा क्रिजमा छन् । तीव्र गतिका बलर गुलशन झाले दोस्रो ओभरको दोस्रो बलमा ओपनर मोहम्मद वासिमलाई आसिफ शेखबाट ११ रनमा क्याच गराए ।

चोभार एण्डबाट आएका गुलशनको बलमा एज लागेर आउट हुनुअघि उनले ८ बलमा १ चौका र १ छक्का हाने । त्यसअघिको बलमा वासिमले गुलशनलाई छक्का हान्दै सुरुवात गरेका थिए ।

टियु एण्डबाट आएका सोमपाल कामीले अर्का ओपनर वृत्य अरविन्दलाई शून्यमा बोल्ड गरे । सोमपालको इन स्वींग बल युएईका ओपनर वृत्य बोल्ड हुन पुगेका थिए । गुलशन झाले चौथो ओभरको पहिलो बलमै कप्तान सिपी रिजवानलाई ४ रनमा आसिफ शेखबाट क्याच गराउँदै १६–३ को अवस्थामा पुर्याए ।

त्यसपछि चौथो विकेटका लागि अलिशान शराफु र रोहन मुस्तफाले ६३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । मुस्तफा दीपेन्द्रसिंह ऐरी बलमा २४ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । मुस्तफाले ५६ बलमा २ चौका प्रहार गरे ।

शराफुलाई लेग स्पिनर कुशल भुर्तेलले ३३ रनमा बोल्ड गरे । भुर्तेलको बलमा ठूलो सट खेल्न खोजेपनि मिस हुँदा बोल्ड भएका थिए । शराफुले ६९ बलमा ४ चौका प्रहार गरे ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । करण केसीलाई बेन्चमा राख्दा हरिशंकर शाहलाई मौका दिएको छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा तीन विकेटले विजयी भएको थियो । तीन ओडिआई खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ ।

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

Success

Thank you for your time.