default_image

2 years ago

November 18, 2022

नेपालविरुद्ध युएईको अविश्वसनीय पूनरागमन

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम विकेटका लागि आयन खान र हजरत बिलालले कीर्तिमानी साझेदारी गरेपछि युएईले तेस्रो ओडिआई खेलमा अविश्वसनीय पूनरागमन गर्दै नेपाललाई १ सय ७७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । एक समय ३१.१ ओभरमा ९३-९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।

आयन खान ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहे । नवौं विकेट जादा आयन एक रनमा क्रिजमा थिए । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक हाने । बिलाल ५४ बलमा १ छक्कासहित २० रनमा अविजित रहे ।
यो ओडिआई इतिहासको अन्तिम विकेटका लागि भएको चौथो ठूलो साझेदारी हो ।

युएईको तर्फबाट अन्तिम विकेटका लागि भएको उच्च साझेदारी हो । ओडिआईमा अन्तिम विकेटका लागि वेस्टइन्डिजका भिभियन रिचर्ड्स र माइकल होल्डिङले १९८४ मा इंग्ल्यान्डविरुद्ध १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए ।

युएईका एलिशान शराफुले ६९ बलमा ४ चौकासहित ३३ रन बनाए । एक समय युएई २३.१ ओभरमा ७९–३ को अवस्थामा थियो । त्यसपछि नेपाली स्पिन सामू निरिह बन्दै १४ रन जोड्न ६ विकेट गुमाएपछि युएई ३१.१ ओभरमा ९३–९ को दयनीय अवस्थामा पुगेको थियो ।


नेपाललाई तीव्र गतिका बलरले सानदार सुरुवात दिलाए । तीव्र गतिका बलर गुलशन झाले दोस्रो ओभरको दोस्रो बलमा ओपनर मोहम्मद वासिमलाई ११ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए । चोभार एण्डबाट आएका गुलशनको बलमा एज लागेर आउट हुनुअघि उनले ८ बलमा १ चौका र १ छक्का हाने । त्यसअघिको बलमा वासिमले गुलशनलाई छक्का हानेका थिए ।

टियु एण्डबाट आएका सोमपाल कामीले युवा ओपनर वृत्य अरविन्दलाई शून्यमा बोल्ड गरे । सोमपालको इन स्वींग बल वृत्यले रिड गर्न सकेनन् । गुलशन झाले चौथो ओभरको पहिलो बलमै कप्तान सिपी रिजवानलाई ४ रनमा आसिफ शेखबाट क्याच गराउँदै १६–३ को सानदार सुरुवात दिलाए ।

त्यसपछि चौथो विकेटका लागि अलिशान शराफु र रोहन मुस्तफाले ६३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । मुस्तफा दीपेन्द्रसिंह ऐरी बलमा २४ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । मुस्तफाले ५६ बलमा २ चौका प्रहार गरे । मुस्तफाको विकेटपछि युएईका ब्याटर क्रिजमा टिक्न सकेनन् । लगातार खराब सट खेल्दै आउट भए ।

लेग स्पिनर कुशल भुर्तेलले शराफुलाई बोल्ड गरे । विष्णुु सुकुमारन एज लागेर दीपेन्द्रको बलमा आसिफ शेखबाट २ रनमा क्याच आउट भए । स्पिनर ललित नारायण राजवंशीले प्रमुख हिटर बासिल हामीदलाई ८ रनमा क्याच गराए । कुशलले नै अहमद राजालाई शून्यमा क्याच गराएपछि युएई ९३–८ को दयनीय अवस्थामा पुगेको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए ।

नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा तीन विकेटले विजयी भएको थियो । तीन ओडिआई खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.