default_image

2 years ago

November 18, 2022

नेपाली ब्याटरलाई सुरुवातमै दुई जीवनदान

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईले तेस्रो तथा निर्णायक ओडिआई खेलमा सुरुवातमै नेपाली ब्याटरलाई दुई जीवनदान दिएको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १२ ओभरमा १ विकेट गुमाउँदै ३० रन बनाएको छ ।

नेपालका आसिफ शेख ३० बलमा २ चौकासहित १३ र ज्ञानेन्द्र मल्ल ५ रनमा अविजित छन् । आसिफले दुई महत्वपूर्ण जीवनदान पाए । तीव्र गतिका बलर जहुर खानको दोस्रो ओभरको अन्तिम बलमा एज लागे आसिफले ब्यक्तिगत ४ रनमा जीवनदा पाए ।

युएईका फिल्डर रोहन मुस्तफा र बासिल हामिदमा क्याच कसले लिने अलमल हुँदा आसिफको क्याच छुट्न पुगेको थियो ।आसिफले ब्यक्तिगत १० रनमा पुन जीवनदान पाए । स्पिनर आयन खानको सातौं ओभरको पहिलो बलमा बासिल हामीले प्वाइन्टमा आसिफको क्याच छोड्न पुगेका थिए ।

तीव्र गतिका बलर हजरत बिलालले दशौं ओभरको अन्तिम बलमा अर्जुन साउदलाई ९ रनमा विकेटकिपर वृत्य अरविन्दबाट क्याच गराए । एज लागेर आउट हुनुअघि अर्जुनले ३३ बल खेल्दै १ चौका प्रहार गरे ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । एक समय ३१.१ ओभरमा ९३-९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।

आयन खान ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहे । नवौं विकेट जादा आयन एक रनमा क्रिजमा थिए । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक हाने । बिलाल ५४ बलमा १ छक्कासहित २० रनमा अविजित रहे ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.