2 years ago
November 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउँदा उत्कृष्ट ब्याटिङ गरेको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २४ ओभरमा १ विकेट गुमाउँदै ९० रन बनाएको छ ।
नेपालका ज्ञानेन्द्र मल्ल ४२ बलमा ५ चौका र १ छक्कासहित ३२ रनमा अविजित छन् । आसिफ शेख ६९ बलमा ६ चौकासहित ४२ रनमा अविजित छन् । आसिफले दुई महत्वपूर्ण जीवनदान पाईसकेका छन् । तीव्र गतिका बलर जहुर खानको दोस्रो ओभरको अन्तिम बलमा एज लागे आसिफले ब्यक्तिगत ४ रनमा जीवनदा पाए ।
युएईका फिल्डर रोहन मुस्तफा र बासिल हामिदमा क्याच कसले लिने अलमल हुँदा आसिफको जीवनदान पाउन पुगेका थिए ।आसिफले ब्यक्तिगत १० रनमा पुन जीवनदान पाए । स्पिनर आयन खानको सातौं ओभरको पहिलो बलमा बासिल हामीले प्वाइन्टमा आसिफको क्याच छोड्न पुगेका थिए ।
तीव्र गतिका बलर हजरत बिलालले दशौं ओभरको अन्तिम बलमा अर्जुन साउदलाई ९ रनमा विकेटकिपर वृत्य अरविन्दबाट क्याच गराए । एज लागेर आउट हुनुअघि अर्जुनले ३३ बल खेल्दै १ चौका प्रहार गरे ।
आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरि सकेका छन् । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । एक समय ३१.१ ओभरमा ९३-९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।
आयन खान ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहे । नवौं विकेट जादा आयन एक रनमा क्रिजमा थिए । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक हाने । बिलाल ५४ बलमा १ छक्कासहित २० रनमा अविजित रहे ।
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय युवा ओपनर अभिषेक शर्माले टि ट्वान्टी क्रिकेटमा २८ बलमै शतक पूरा गरेका छन् । भारतको राष्ट्रिय घरेलु प्रतियोगिता शैद मुश्ताक अली ट्रफीमा उनले पञ्जाबबाट मेघालयविरुद्ध २८ बलमा शतक हानेका हुन् । १ सय ४३ रनको लक्ष्य ९.३ ओभरमा पूरा गर्ने क्रममा उनले २९ बलमा ८ चौका र ११ छक्कासहित कुल […]
December 5, 2024
एजेन्सी – टि ट्वान्टी क्रिकेटको इतिहासमा एकै इनिङमा सर्वाधिक रन बरोडा क्रिकेट टिमले बनाएको छ । बरोडाले बिहीवार सिक्किमको टोलीविरुद्ध पुरुष टि ट्वान्टी क्रिकेटमा सर्वाधिक योगफल बनाउने कीर्तिमान बनाएको हो । उसले गत अक्टोबरमा नैरोबीमा गाम्बियाविरुद्ध जिम्बाब्वेले बनाएको ३ सय ४४ रनको कीर्तिमान तोडेको हो । बरोडाले आफ्नो इनिङमा ३७ छक्का प्रहार गर्दै अर्को टि […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको पाँच विकेटको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा अल आउट हुदै ९४ रन मात्र […]