9 years ago
December 26, 2016
दिपेन्द्र पोखरेल
बिराटनगर – (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको क्रीकेट खेलमा त्रिभुवन आर्मिले मध्यपस्चिमाञ्चललाई ३० रनले हराएको छ ।
मोरङको बैझनाथपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मिले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५७ बनाएको थियो । आर्मिकलागी बिनोद भण्डारिले बिष्फोटक ब्याटिङ गर्दै २३ बलमा ६७ रन जोडेका थिए । उनले ८ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै अनिल मण्डलले ४९ बलको सामना गर्दै ४१ रन जोडे ।
प्रत्युत्तरमा मध्यपस्चिमाञ्चलले २० ओभरमा ९ विकेट गुमाउदै १ सय २७ मात्र जोड्न सफल हुँदा ३० रनको हारको सामना गर्यो ।मध्यपश्चिमाञ्चलका लागि प्रज्वल शाहीले २९ तथा राजवीर सिंहले १९ रन बनाए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]