default_image

3 years ago

November 19, 2022

दक्षिण अफ्रिकी अलराउन्डर काल्भिनले लुम्बिनी अल स्टार्सबाट खेल्ने

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका अलराउन्डर बलर काल्भिन स्याभेजले नेपाल टि२० लिग लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका छन् । लुम्बिनी अल स्टार्सले अष्ट्रेलिया स्टार अलराउन्डर बेन कटिङको स्थानमा काल्भिनलाई टोलीमा अनुबन्ध गरेको हो ।

काल्भिनले ६९ प्रथम श्रेणी, ५२ लिष्ट ए र १९ टि२० क्रिकेट खेलेका छन् । दक्षिण अफ्रिका यू१९ टोलीबाट खेलि सकेका काल्भिन अलराउन्डर हुन् । २०१२ को यू१९ विश्वकपमा दक्षिण अफ्रिकाबाट खेलेका थिए ।

प्रथम श्रेणीमा १ सय ७९ विकेट लिनुको साथै २ हजार ३ सय ४३ रन बनाएका छन् । जसमा दुई शतक हानेका छन् । लिष्ट ए मा ६४ विकेट लिँदा १ हजार १ सय १४ रन बनाएका छन् । तीव्र गतिको बलिङसँगै उनी तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । पार्टटाइम विकेटकिपर समेत हुन् ।

नेपाल टि२० डिसेम्बर १२ देखि ३१ सम्म काठमाडौंमा हुनेछ । डबल राउन्ड रोविनको आधारमा हुने एनपिएलमा सबै ६ फ्रेन्चाइज टोलीले खेलाडी ड्राफ्टबाट लिएका छन् ।

लुम्बिनीको टोलीमा विदेशी खेलाडीको रुपमा लाहिरु मिलान्था, नुवान थुसरा, विपुल शर्मा, प्याट ब्राउन र रहकीम कर्नवाल छन् । लुम्बिनीले डिसेम्बर १२ मा फार वेस्ट युनाइटेडसँग खेल्दै प्रतियोगितामा सुरुवात गर्नेछ ।

लुम्बिनी अल स्टार्समा रहेका नेपाली खेलाडी :

दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुलशन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकाश चन्द (सी) र ईशान पाण्डे (सी)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.