default_image

2 years ago

November 19, 2022

स्मिथ शतकबाट चुक्दा इंल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

144 views

0 Bookmark

एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथ शतक बनाउन चुक्दा घरेलु टोली अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई २ सय ८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनायो । अष्ट्रेलियाका स्टिभ स्मिथले १ सय १४ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ९४ रनको योगदान दिए ।

स्मिथ स्पिनर आदिल राशिदको बलमा फिलिप साल्टबाट क्याच भएपछि आफ्नो ओडिआई करिअरको १३ औं शतक बनाउन मात्रै ६ रनले चुके । मार्नस लाबुसेन ५५ बलमा ४ चौका र १ छक्कासहित ५८ रनमा आउट भए । तेस्रो विकेटका लागि लाबुसेन र स्मिथले ९९ रनको साझेदारी गरेका थिए ।

ओपनर डेविड वार्नर १६ र ट्रविस हेड १९ रनमा आउट भए । विकेटकिपर एलेक्स हेरी शून्यमा आउट भए । तल्लोक्रमका मिचेल मार्श ५९ बलमा २ चौका र २ छक्कासहित ५० रनमा आउट भए । मार्कस स्टोइनिस १३ रनमा आउट भए । एश्टन अगर १८ रनमा अविजित रहे ।

इंग्ल्यान्डका स्पिनर आदिल राशिदले १० ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । क्रिस वोक्सले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले ९ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । मोईन अलीले एक विकेट लिए ।

तीन ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । पहिलो खेलमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.