default_image

1 year ago

November 19, 2022

स्टार्कको उत्कृष्ट बलिङमा अष्ट्रेलियालाई एक खेल अगावै सिरिज

एजेन्सी– तीव्र गतिका बलर मिचेल स्टार्कको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा इंल्यान्डलाई ७२ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन खेलको सिरिजमा घरेलु टोली अष्ट्रेलियाले २–० को अग्रता लिएको छ । जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३८.५ ओभरमा २ सय ८ रनमा अल आउट भयो । […]

109 views

0 Bookmark

एजेन्सी– तीव्र गतिका बलर मिचेल स्टार्कको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा इंल्यान्डलाई ७२ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन खेलको सिरिजमा घरेलु टोली अष्ट्रेलियाले २–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३८.५ ओभरमा २ सय ८ रनमा अल आउट भयो । इंग्ल्यान्डका साम बिलिंग्सले ८० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ७१ रन बनाए । जेम्श भिन्सले ७२ बलमा ३ चौका र २ छक्कासहित ६० रन बनाए ।

स्टार्कले ओपनर जेसन रोयलाई पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलेक्स केरीबाट क्याच आउट गराए । तीन बलपछि डेविड मलान शून्यमा बोल्ड भए । कार्यबाहक कप्तान जोश हेजलवुडले फिलिप साल्टलाई २३ रनमा बोल्ड गरेपछि इंग्ल्यान्ड ३४–३ को कमजोर सुरुवात अवस्थामा थियो ।

तर चौथो विकेटका लागि बिलिंग्स र भिन्सले १ सय २२ रनको साझेदारी गरेपछि इंग्ल्यान्ड मजुबत अवस्थामा थियो । हेजलवुडले भिन्सलाई एलबीडब्लूको धरापमा पार्दा इंग्ल्यान्ड २७.५ ओभरमा १५६–४ को मजबुत अवस्थामा थियो । त्यसपछि स्पिनर एडम जाम्पा हाबी बन्दै उत्कृष्ट पूनरागमनका साथ जित दिलाए ।

जाम्पाले बिलिंग्स र मोईन अलीलाई १० रनमा बोल्ड गरे । स्टार्कले क्रिस वोक्सलाई ७ र डेविड विल्लीलाई ६ रनमा बोल्ड गरे । जाम्पाले साम करनलाई शून्य र लियाम दावसनलाई २० रनमा आउट गर्दै जित दिलाए ।

अष्ट्रेलियाका मिचेल स्टार्क ८ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ४ विकेट लिए । एडम जाम्पाले ९.५ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ४ विकेट लिए । कप्तान जोश हेजलवुडले दुई विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनायो । अष्ट्रेलियाका स्टिभ स्मिथले १ सय १४ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ९४ रनको योगदान दिए ।

स्मिथ स्पिनर आदिल राशिदको बलमा फिलिप साल्टबाट क्याच भएपछि आफ्नो ओडिआई करिअरको १३ औं शतक बनाउन मात्रै ६ रनले चुके । मार्नस लाबुसेन ५५ बलमा ४ चौका र १ छक्कासहित ५८ रनमा आउट भए । तेस्रो विकेटका लागि लाबुसेन र स्मिथले ९९ रनको साझेदारी गरेका थिए ।

ओपनर डेविड वार्नर १६ र ट्रविस हेड १९ रनमा आउट भए । विकेटकिपर एलेक्स हेरी शून्यमा आउट भए । तल्लोक्रमका मिचेल मार्श ५९ बलमा २ चौका र २ छक्कासहित ५० रनमा आउट भए । मार्कस स्टोइनिस १३ रनमा आउट भए । एश्टन अगर १८ रनमा अविजित रहे ।

इंग्ल्यान्डका स्पिनर आदिल राशिदले १० ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । क्रिस वोक्सले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले ९ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । मोईन अलीले एक विकेट लिए ।

पहिलो खेलमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ ।

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

Success

Thank you for your time.