3 years ago
November 20, 2022
एजेन्सी – शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको विष्फोटक शतकमा भारतले दोस्रो टि२० आई खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ६५ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १८.५ ओभरमा १ सय २६ रनमा अल आउट भयो ।न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ५२ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६१ रन बनाए । डेभन कन्वे २५, ग्लेन फिलिप्स १२ र डर्याल मिचेल १० रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउ सकेनन् ।
ओपनर फिन एलेन र जेम्श निसमले खाता खोल्न सकेनन् । मिचेल सान्टनार २, एडम मिल्ने ६, ईश सोधी र लोकी फर्गुसनले एक एक रन बनाए ।
भारतका दिपक हुडाले २.५ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । मोहम्मद शिराज र युजभेन्द्र चहलले दुई दुई विकेट लिए । भुवनेश्वर कुमार र वासिन्टन सुन्दरले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । भारतका सूर्यकुमार यादवले ५१ बलमा ११ चौका र ७ छक्कासहित १ सय ११ रनको विष्फोटक शतकीय इनिङ खेले । उनले ४९ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो शतक हानेका थिए ।

ओपनर ईशान किशनले ३१ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाउँदै आउट भए । ऋषभ पन्त ६, श्रेयस ऐर र कप्तान हार्दिक पान्ड्याले १३–१३ रन बनाए । न्युजिल्यान्डका टिम साउथीले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।
साउथीले अन्तिम ओभरमा ह्याट्रिक लिए । अन्तिम ओभरको तेस्रो बलमा साउथीले हार्दिक पान्ड्या, चौथो बलमा दीपक हुडा र पाँचौं बलमा वासिन्टन सुन्दरलाई क्याच गराउँदै ह्याट्रिक पूरा गरेका थिए ।
लोकी फर्गुसनले ४ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । ईश सोधीले एक विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । तेस्रो मंगलबार हुनेछ । त्यसपछि तीन ओडिआई खेलको सिरिज हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]