default_image

3 years ago

November 20, 2022

आदिल नेपाली टोलीबाट बाहिरिए

378 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विष्फोटक ब्याटिङ अलराउन्डर मोहम्मद आदिल आलम नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया भ्रमण गर्ने १४ सदस्य टोली घोषणा आदिल टोलीमै छैनन् ।

नेपालले यसै साता युएईसँग तीन ओडिआई खेलको सिरिज घरेलु मैदान टियुमा खेलेको थियो । नेपालले तीन खेलको सिरिज २–१ ले जितेको थियो । उक्त तीन खेल मध्य कुनै पनि खेलमा आदिलले टोलीमा मौका पाएका थिएनन् । नेपालले नेपालले गत अगष्ट सेप्टेम्बरमा केन्या भ्रमण गर्दा आदिल सहित केहि खेलाडी र मुख्य प्रशिक्षक मनोज प्रभाकरबीच भनाभन भएको बताइदै आएको छ ।

आदिलले नेपालबाट ६ ओडिआई र ८ टि२० आई खेल खेलेका छन् । गत मार्चमा टियु मैदानमा आदिलले पपुवा न्युगिनीविरुद्ध डेब्यू गर्दै ३१ रनको विष्फोटक इनिङ खेलेका थिए । त्यसपछि उनी पहिलो पटक नेपाली टोलीबाहिर भएका हुन् । आइसिसी विश्वकप लिग–२ मा गत जुनमा अमेरिकाविरुद्ध डेब्यू गर्दै खेल टाई गराएका थिए ।

अमेरिकालाई अन्तिम ओभरमा ६ रन चाहिँदा आदिलले ५ रन खर्चेर २ विकेट लिँदै खेल टाई गराएका थिए । आदिल तीव्र गतिका बलिङका लागि चिनिन्छन् ।

मधेशबाट घरेलु क्रिकेट खेल्ने आदिल डेब्यूपछि पहिलो पटक बाहिरिनु परेको हो । युएईसँगको खेलपछि आदिललाई किन मौका नदिएको भन्ने प्रश्नमा प्रभाकरले उनी टि२० खेलाडी भएको बताएका थिए । ‘मैले देखे अनुसार आदिल टि२० का लागि धेरै राम्रा खेलाडी हुन् । उनी प्रतिभाशाली छन् । बिग हिटर हुन् । तर यहाँ विकेटमा समय बिताउने चाहिन्छ । यो टि२० क्रिकेट होईन । यो ठूलो खेल हो । साढे तीन घण्टाको खेल हो’, युएईसँगको सिरिजपछि प्रभाकरले भनेका थिए ।

युएईसँगको सिरिजमा रहेका तीव्र गतिका बलर कमलसिंह ऐरी र भीम सार्की पनि बाहिरिएका छन् । यी दुबै खेलाडीले एक खेल पनि खेल्न पाएनन् ।

त्यस्तै बायाँ हाते स्पिन अलराउन्डर हरिशंकर शाहलाई भने नेपालले टोलीमा स्थान दिएको छ । युएईसँग दुई खेल खेलेका हरिशंकर दुबै खेलमा विकेट विहीन बन्दा पहिलो खेलमा ८ रनमा आउट भएका थिए ।

तीव्र गतिका बलर नन्दन यादव भने पहिलो पटक टोलीमा परेका छन् । बागमतीबाट घरेलु क्रिकेट खेल्ने नन्दन तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

नामिबिया भ्रमण गर्ने नेपाली टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.