2 years ago
November 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नामिबियालाई ७१ रनले हराएको छ । अमेरिकाले सानदार जित हात पार्दा घाटा भने नेपाललाई पुग्ने छ ।
जितको लागि २ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नामिबिया ४३.४ ओभरमा १ सय ७३ रनमा अल आउट भयो ।नामिबियाका कप्तान जेरार्ड इरास्मसले ५० बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए ।
लोहान्द्रे लुरेन्स २५, डिभान ला कुक ८, माइकल भान लिंन्गेन २३ र जेन ग्रिन १७ रनमा आउट भए । जेजे स्मितले १५ बलमा २ चौका र २ छक्कासहित २२ रन बनाए । अमेरिकाका सौरभ नेत्रवालकर, इयान होलान्ड, स्टिभ टेलर र नाषुतोश केजिंगेले दुई दुई विकेट लिए । जसदीप सिंह र निसर्ग पटेलले एक एक विकेट लिए ।
त्यसअघि नामिबियाका विंन्डकमा टस हारेर पहिला ब्याटिङ थालेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४४ रन बनायो । अमेरिका गजानन्दसिंहले ६५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६६ रन बनाए ।
ओपनर स्टिभन टेलर २३ र सुशान्त मोदानीले १५ रन बनाए । कप्तान मोनांक पटेल ३३ र आरोन जोन्स ३५ रनमा आउट भए । नामिबियाका रुबेन ट्रपलम्यान र ब्रेनार्ड श्कोल्जले तीन तीन विकेट लिए ।
विश्वकप लिग-२ अंक तालिका
अमेरिका ३३ खेलमा १४ मा जित र १६ मा हारका साथ ३१ अंक जोड्दै तेस्रो स्थानमा छ । अमेरिकाले अव तीन खेल खेल्न बाँकी छ । नामिबिया २४ खेलमा १४ मा जित र १० मा हारका साथ २८ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल भने २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ ।
अमेरिकाको हारले नेपाललाई फाइदा हुनेछ । जितले भने घाटा किनभने सोझै ओडिआई मान्यता पाउन शीर्ष पाँचमा पर्नुपर्छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न पनि अमेरिकाले बाँकी खेल हार्दा सहज हुनेछ ।
नेपालले अमेरिका र पपुवा न्युगिनीलाई पछि पार्न अन्य टोलीलाई भन्दा सहज छ । पपुवा न्युगिनी २५ खेलमा २ मा जित र २२ मा हारका साथ ५ अंक जोड्दै पुछारमा छ । पपुवा न्युगिनीले बाँकी ११ खेल जितेमा मात्रै २७ अंक हुनेछ ।
अमेरिका बाँकी तीन खेल जित्दा ३७ अंक हुनेछ । नेपालको १७ अंक छ । जसले नेपालले धेरै भन्दा धेरै खेल जित्नु पर्ने हुन्छ । अमेरिकाले बाँकी सबै खेल हार्दा पनि उसलाई पछि पार्न नेपालले कम्तिमा ८ खेल जित्नुपर्ने हुन्छ । त्यसैले अमेरिका जित नेपाललाई ठूलो घाटा बन्ने समिकरण छ ।
ओमान ३६ खेलमा २१ मा जितका साथ ४४ अंकका साथ शीर्षस्थानमा छ । ओमानलाई पछि पार्न नेपालले बाँकी १६ मध्य १४ खेल जित्नुपर्ने हुन्छ । अन्य टोलीले भने पुरै खेल सकाएका छैनन् । स्कटल्यान्ड २८ खेलमा १९ मा जितका साथ ४० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २६ खेलमा १२ मा जितका साथ २७ अंकका साथ पाँचौं स्थानमा छ । युएईको हारले नेपाललाई फाइदा पुग्नेछ ।
नेपालले अव नामिबियामै गएर खेल्नेछ । पहिलो खेल डिसेम्बर २ मा नामिबिया र डिसेम्बर ४ मा स्कटल्यान्डसँग खेल्नेछ । डिसेम्बर ७ मा नामिबिया र डिसेम्बर ८ मा स्कटल्यान्डसँग खेल्नेछ ।
त्यसपछि नेपालले नामिबिया र स्कटल्यान्डसँग टियुमा त्रिकोणात्मक सिरिज खेल्नेछ । पपुवा न्युगिनीमा युएईसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । पपुवा न्युगिनी, युएई र नेपालबीच टियुमा सिरिज हुनेछ ।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]