default_image

2 years ago

November 22, 2022

हेड र वार्नरको सानदार शतकमा इंग्ल्यान्डलाई विशाल लक्ष्य

147 views

0 Bookmark

एजेन्सी – ओपनर ट्रर्विस हेड र डेविड वार्नरको सानदार शतकमा अष्ट्रेलियाले तेस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई ३ सय ६४ रनको विशाल लक्ष्य दिएको छ ।


मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ४८ ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५५ रन बनायो । वर्षाको कारण खेल २ ओभर घटाइएको थियो । डकवर्थ लेविस पद्धतिको आधारमा इंग्ल्यान्डले उक्त लक्ष्य पाएको हो ।

अष्ट्रेलिया ओपनर ट्रविस हेडले १ सय ३० बलमा १६ चौका र ४ छक्कासहित १ सय ५२ रनको सानदार शतकीय इनिङ खेले । हेडको यो ओडिआई करिअरको तेस्रो र सर्वोत्कृष्ट प्रदर्शन हो । त्यस्तै डेविड वार्नरले १ सय २ बलमा ८ चौका र २ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले । वार्नरको यो १९ औं ओडिआई शतक हो ।


पहिलो विकेटका लागि वार्नर र हेडले ३८.१ ओभरमा २ सय ६९ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । तीव्र गतिका बलर ओली स्टोनले डेविड वार्नरलाई डेविड विल्लीबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । वार्नर आउट भएको तीन बलपछि हेड पनि बोल्ड हुन पुगे ।

मिचेल मार्श १६ बलमा १ चौका र २ छक्कासहित ३० रनमा आउट भए । स्टिभ स्मिथ २१, मार्कस स्टोइनिस र एलेक्स केरीले १२-१२ रन बनाए । मार्नस लाबुसेनले ८ रन जोडे ।

इंग्ल्यान्डका ओली स्टोनले १० ओभरमा ८५ रन खर्चेर ४ विकेट लिए । तीन खेलको ओडिआई सिरिज अष्ट्रेलियाले एक खेल अगावै जितेको छ ।

December 3, 2024

कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो मंगलवार नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विलियमलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले स्वागत गरेका थिए । ३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टि ट्वान्टी प्रतियोगिता खेलेका छन् । उनले […]

December 3, 2024

अफगानिस्तानमाथि नेपालको रोमान्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा मंगलवार नेपालले अफगानिस्तानमाथि रोमान्चक जित हासिल गरेको छ । एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमान्चक जित हात पारेको हो । १ सय २४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन […]

December 3, 2024

पोखरा ७४ रनमा अल आउट, चितवनको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स ७४ रनमा अल आउट भएको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनमा पराजित गरेको हो । मंगलवारको दोस्रो खेलमा चितवनले दिएको १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट भएको हो । पोखराका […]

Success

Thank you for your time.