default_image

2 years ago

November 22, 2022

नेपालले भारतमा दुई अभ्यास खेल खेल्ने

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि भारतमा दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाली क्रिकेट टोली आज साँझनै ५ बजे भारत प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले दिल्ली जाने नेपाली टोलीलाई मंगलबार बिदाई गरेको छ ।

नेपालले भारतको दिल्ली क्रिक्रेट टोलीसँग खेल्ने क्यानले जनाएको छ । क्यानका अनुसार नेपाल झण्डै एक साता दिल्लीमा नेपाली टोलीले अभ्यास गर्नेछ । नेपाली टोलीले दिल्ली क्रिकेट टोलीसँग बिहीबार र शनिबार दुई एकदिवसिय अभ्यास खेल खेल्ने जनाएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपालले दिल्ली ११ सँग खेल्नेछ । दिल्लीको मुख्य टोली विजय हजारे र रणजी ट्रफीमा ब्यस्त हुँदा दोस्रो स्तरको टोलीसँग खेल्ने जनाए । जहाँ स्तरिय खेलाडी खेल्ने प्रशान्तले दाबी गरे । नेपाली टोली आइतबार राती नामिबिया प्रस्थान गर्नेछ ।

नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल मंसिर १६ (डिसेम्बर २) मा घरेलु टोली नामिबियासँग खेल्नेछ । मंसिर १८ (डिसेम्बर४ मा) स्कटल्यान्डसँग खेल्नेछ । नेपालले मंसिर २१ मा (डिसेम्बर ७) नामिबिया र मंसिर २२ मा (डिसेम्बर ८) स्कटल्यान्डसँग खेल्नेछ ।

विश्वकप लिग-२ अंक तालिका

अमेरिका ३३ खेलमा १४ मा जित र १६ मा हारका साथ ३१ अंक जोड्दै तेस्रो स्थानमा छ । अमेरिकाले अव तीन खेल खेल्न बाँकी छ । नामिबिया २४ खेलमा १४ मा जित र १० मा हारका साथ २८ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल भने २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ ।


अमेरिकाको हारले नेपाललाई फाइदा हुनेछ । जितले भने घाटा किनभने सोझै ओडिआई मान्यता पाउन शीर्ष पाँचमा पर्नुपर्छ । शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न पनि अमेरिकाले बाँकी खेल हार्दा सहज हुनेछ ।

नेपालले अमेरिका र पपुवा न्युगिनीलाई पछि पार्न अन्य टोलीलाई भन्दा सहज छ । पपुवा न्युगिनी २५ खेलमा २ मा जित र २२ मा हारका साथ ५ अंक जोड्दै पुछारमा छ । पपुवा न्युगिनीले बाँकी ११ खेल जितेमा मात्रै २७ अंक हुनेछ।

अमेरिका बाँकी तीन खेल जित्दा ३७ अंक हुनेछ । नेपालको १७ अंक छ । जसले नेपालले धेरै भन्दा धेरै खेल जित्नु पर्ने हुन्छ । अमेरिकाले बाँकी सबै खेल हार्दा पनि उसलाई पछि पार्न नेपालले कम्तिमा ८ खेल जित्नुपर्ने हुन्छ । त्यसैले अमेरिका जित नेपाललाई ठूलो घाटा बन्ने समिकरण छ ।

ओमान ३६ खेलमा २१ मा जितका साथ ४४ अंकका साथ शीर्षस्थानमा छ । ओमानलाई पछि पार्न नेपालले बाँकी १६ मध्य १४ खेल जित्नुपर्ने हुन्छ । अन्य टोलीले भने पुरै खेल सकाएका छैनन् । स्कटल्यान्ड २८ खेलमा १९ मा जितका साथ ४० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २६ खेलमा १२ मा जितका साथ २७ अंकका साथ पाँचौं स्थानमा छ । युएईको हारले नेपाललाई फाइदा पुग्नेछ ।

त्यसपछि नेपालले नामिबिया र स्कटल्यान्डसँग टियुमा त्रिकोणात्मक सिरिज खेल्नेछ । पपुवा न्युगिनीमा युएईसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । पपुवा न्युगिनी, युएई र नेपालबीच टियुमा सिरिज हुनेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.