default_image

2 years ago

November 22, 2022

‘देव टोलीमा नपर्नुमा सन्दीप घटनासँग कुनै सरोकार छैन’

221 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युवा ब्याटर देव खनाल नेपाली क्रिकेट टोलीमा नपर्नुमा नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको घटनासँग कुनै सरोकार नभएको प्रष्ट पारेको छ ।

नेपाली क्रिकेट र घरेलु क्रिकेटमा राम्रो प्रदर्शनका बाबजुद देव युएईसँग घरेलु मैदान टियुमा यसै साता सम्पन्न तीन ओडिआई खेलको सिरिज र नामिबिया भ्रमणको लागि टोलीमा पर्न सकेनन् । देव टोलीमा नपरेपछि चर्को आलोचना पनि हुँदै आएको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रदर्शनको कारण देव नपरेको बताए ।

‘देव टोलीमा नपर्नुमा प्रदर्शनको कारण नै । देव खेल्ने फष्ट डाउन (तेस्रो नम्बर) मा हो । उस्को र ज्ञानेन्द्र मल्ल त्यो स्थानमा हो । त्यो स्थानमा ज्ञानुको प्रदर्शन भयो र देवको भएन । सायद प्रशिक्षकलाई ज्ञानुमाथि विश्वास भयो’, प्रशान्तले भने ।

अर्कोतर्फ १४ खेलाडीको कारण नपरेको बताए । ‘टिम त १४ नै हो । यो हाल्देउ, तीन विकेटकिपर राखौं । लेग स्पिनर दुई चार वटा भन्ने हुदैन । क्रिकेटमा यो पर्यो त्यो परेन होईन । हिजो देव आवश्यक थियो । ज्ञानेन्द्र लय बाहिर थिए । ज्ञानेन्द्रले पूनरागमन गर्यो । नयाँ प्रशिक्षकले मौका दियो र त्यहाँ पनि ५० हान्यो । अहिले पनि राम्रो खेल्यो’, उनले भने ।

ज्ञानेन्द्रले केन्यासँग पाँचौं टि२० आई खेलमा ५९ रन हानेका थिए । गत शुक्रबार युएईसँग तेस्रो ओडिआई खेलमा ६४ रनको इनिङ खेलेका थिए ।

देव टोलीमा नपर्नुमा बलात्कार आरोप लागेका सन्दीप लामिछानेसँगको घटनासँग जोडिएर पनि हेर्ने गरिएको छ । त्यो घटनासँग देव टोलीमा नपर्नुमा कुनै सरोकार नभएको प्रशान्तले प्रष्ट पारे ।

‘उ टोलीमा नपर्नुमा सन्दीपसँग घटना कुनै सरोकार छैन । त्यो भएको भए त प्रदेशबाट पनि हटाइदिन भन्थ्यौं । देव टोलीमा नपर्नुमा पोजिसन नै हो । प्रशिक्षकले ज्ञानेन्द्रमाथि विश्वास गर्यो’, मल्लले भने ।

देव लुम्बिनी प्रदेशबाट कप्तानी गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ४ खेलमा ३ मा अर्धशतकसहित २ सय ४९ रनका साथ सर्वाधिक रन बनाउने ब्याटरमा तेस्रो नम्बरमा थिए । देवले २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध टियु क्रिकेट मैदानमा डेब्यू गरेका थिए ।

नेपालबाट १० ओडिआई खेल खेलेका देवले २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् । देव पछिल्लो पटक केन्या भ्रमणमा गत सेप्टेम्बरमा एकदिवसिय अभ्यास खेल खेलेका थिए ।

त्यसपछि सन्दीप लामिछानेलाई बालिका बलात्कार आरोप लागेको थियो । त्यो घटनाको पीडित युवतीलाई देवले सन्दीपसँग चिनजान गराएको आरोप लाग्दै आएको थियो । त्यसैको कारण उनी टोलीमा नपरेको हुन सक्ने धेरैले आशंका गरेका थिए ।

देव बुधबारबाट काठमाडौंमा सुरु हुने यू-१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेल्नेछन् । गतवर्ष लुम्बिनीलाई यू-१९ राष्ट्रिय च्याम्पियन बनाएपनि यस पटक कप्तानी भूमिकामा छैनन् । लुम्बिनीको कप्तानी विशाल विक्रम केसीले गर्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.