default_image

2 years ago

November 22, 2022

अष्ट्रेलियासँग इंग्ल्यान्डको लज्जास्पद हार

90 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा इंग्ल्यान्डमाथि डकवर्थ लेविस पद्धतिको आधारमा २ सय २१ रनको सानदार जितका साथ क्लिनस्वीप गरेको छ । तीन ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले सानदार क्लिनस्वीप गर्यो ।


जितको लागि ३ सय ६४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३१.४ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । इंग्ल्यान्डका ओपनर जेसन रोयले ४८ बलमा ६ चौकासहित सर्वाधिक ३३ रन बनाए । इंग्ल्यान्डका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

डेविड मलान २, जेम्श भिन्स २२, साम बिलिंग्स ७, मोईन अली १८, जस बटलर १ र साम करन १२ रनमा आउट भए । लियाम डावसन १८ र डेविड विल्ली १२ रनमा आउट भए ।

अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ५.४ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । प्याट कमिन्स र शेन एबोटले दुई दुई विकेट लिए । जोश हेजलवुड र मिचेल मार्शको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ४८ ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५५ रन बनाएको थियो । वर्षाको कारण खेल २ ओभर घटाइएको थियो । डकवर्थ लेविस पद्धतिको आधारमा इंग्ल्यान्डले उक्त लक्ष्य पाएको हो ।

अष्ट्रेलिया ओपनर ट्रविस हेडले १ सय ३० बलमा १६ चौका र ४ छक्कासहित १ सय ५२ रनको सानदार शतकीय इनिङ खेले । हेडको यो ओडिआई करिअरको तेस्रो र सर्वोत्कृष्ट प्रदर्शन हो । त्यस्तै डेविड वार्नरले १ सय २ बलमा ८ चौका र २ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले । वार्नरको यो १९ औं ओडिआई शतक हो ।

पहिलो विकेटका लागि वार्नर र हेडले ३८।१ ओभरमा २ सय ६९ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । तीव्र गतिका बलर ओली स्टोनले डेविड वार्नरलाई डेविड विल्लीबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । वार्नर आउट भएको तीन बलपछि हेड पनि बोल्ड हुन पुगे ।

मिचेल मार्श १६ बलमा १ चौका र २ छक्कासहित ३० रनमा आउट भए । स्टिभ स्मिथ २१, मार्कस स्टोइनिस र एलेक्स केरीले १२(१२ रन बनाए । मार्नस लाबुसेनले ८ रन जोडे ।

इंग्ल्यान्डका ओली स्टोनले १० ओभरमा ८५ रन खर्चेर ४ विकेट लिए । अष्ट्रेलिया पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७२ रनले विजयी भएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.