default_image

2 years ago

November 22, 2022

भारत र न्युजिल्यान्डको खेल टाई!

112 views

0 Bookmark

एजेन्सी – भारत र न्युजिल्यान्डबीचको तेस्रो टि२० आई खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा टाई भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भारतले १–० ले जितेको छ ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको भारत ९ ओभरमा ७५–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । पुन खेल हुन नसकेपछि डकवर्थ लेविस पद्धतिको आधारमा पनि खेल टाई भएको हो । टि२० आई क्रिकेट इतिहासमा डकवर्थ लेविस पद्धतिको आधार खेल टाई भएको यो तेस्रो खेल हो ।

२०२१ मा टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीच तथा मार्सामा माल्टा र जिब्राल्टरबीचको खेल डकवर्थ लेविस पद्धतिको आधारमा टाई भएको थियो । भारतका कप्तान हार्दिक पान्ड्या १८ बलमा ३ चौका र १ छक्कासहित ३० र दीपक हुडा ९ रनमा अविजित रहँदा वर्षा सुरु भएको थियो ।

ओपनर ईशान किशन १०, ऋषभ पन्त ११, सूर्य कुमार यादव १३ र श्रेयस ऐर शून्यमा आउट भए । न्युजिल्यान्डका टिम साउथीले दुई, एडम मिल्ने र ईश सोधीले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्ड १९.४ ओभरमा १ सय ६० रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वेले ४९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए ।

ग्लेन फिलिप्स ३३ बलमा ५ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । ग्लेन फिलिप्स आउट हुँदा एक समय न्युजिल्यान्ड १५.५ ओभरमा १३०–३ को अवस्थामा थियो । त्यसपछि लगातार विकेट गुमाएको थियो ।

भारतका मोहम्मद शिराजले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । हर्षल पटेलले एक विकेट लिए । पहिलो खेल बर्षाको कारण टस पनि नभई रद्ध भएको थियो ।

दोस्रो खेलमा भारत ६५ रनले विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

July 27, 2024

भारत र श्रीलंकाबीच पहिलो टि ट्वान्टी आज

एजेन्सी – श्रीलंकाविरुद्ध ३ खेलको टि-ट्वान्टी सिरिजको पहिलो खेल पाल्लेकेलेमा शनिबार सुरु हुँदा त्यो भारतीय क्रिकेटका लागि नयाँ युगको सुरुवात रुपमा हेरिने अनुमान गरिएको छ। खेल नेपाली समय अनुसार साँझ सबा ७ बजे सुरु हुनेछ।टि ट्वान्टी विश्वकपको उपाधि जितेपछि भारतीय कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टि ट्वान्टी आईबाट सन्न्यास लिएका थिए। सूर्यकुमार […]

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

Success

Thank you for your time.