default_image

2 years ago

November 23, 2022

उत्तम र योगेशको उत्कृष्ट ब्याटिङमा गण्डकीलाई विशाल लक्ष्य

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका विकेटकिपर ब्याटर उत्तम थापामगर र तल्लोक्रमका योगेश भाटको उत्कृष्ट ब्याटिङमा बागमती प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगिता पहिलो खेलमा गण्डकी प्रदेशलाई २ सय ९४ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८.१ ओभरमा २ सय ९३ रनमा अल आउट भयो । बागमतीका उत्तम थापाले ७० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन बनाए । मध्य गतिका बलर सुदीप अर्यालको बलमा उत्तम प्वाइन्टमा गोविन्द विकबाट क्याच भएपछि करिअरको पहिलो शतक बनाउन १३ रनले चुकेका थिए ।

योगेश भाट ४२ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । अर्यालको बलमा एज लागेर भाट आउट भए । आक्रामक रुपमा प्रस्तुत भएका उनी धेरै समय क्रिजमा टिक्न सकेनन् । पाँचौं विकेटका लागि योगेश र उत्तमले ५८ बलमा ७७ रनको आक्रामक साझेदारी गरेका थिए ।

स्पिनर निर्तेश गिरीले बागमतीका दुबै ओपनरलाई बोल्ड गर्दै सस्तैमा पेभेलिएन फर्काएका थिए । सक्षम बास्ताकोटी ३० बलमा ३ चौकासहित १८ र लक्की कठायत १२ रनमा आउट भए ।

गिरीकै बलमा एज लागेर दिपान बानिया एज लागेर विकेटकिपर दीपक डुम्रेबाट ६ रनमा आउट भए । अर्जुन कुमालले कप्तान अशोक पौडेललाई ९ रनमा स्टम्पिङ आउट गराए ।

बागमतीका तल्लोक्रमका ब्याटरले आक्रामक इनिङ खेल्दै विशाल योगफल सम्म पुर्याए । अभिषेक कोइराला १४ बलमा २ चौका र ३ छक्कासहित ३२ रनमा आउट भए । ओमकार यादवले २० बलमा ४ चौका र १ छक्कासहित ३७ र अथर्भ पौडेलले २१ रन जोडे । प्रतिक श्रेष्ठ ८ र सक्रिय कार्कीले एक रन बनाए ।

गण्डकी प्रदेशका सुदीप अर्याल र निर्तेश गिरीले समान तीन विकेट लिए । सुवास भण्डारी, अर्जुन कुमाल र चिब्रिन श्रेष्ठले एक एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.