default_image

3 years ago

November 23, 2022

पुलिसमाथि प्रदेश एकको सानदार जित

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली प्रदेश एकले सगरमाथा कप टि२० प्रतियोगिता उद्धघाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि ७ विकेटको सानदार जित हात पारेको छ ।

जितको लागि ६७ रनको विजयी लक्ष्य पछ्याएको प्रदेशले एकले ८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश एकका कप्तान सिद्धान्त लोहनी १८ बलमा ३ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे ।

अंकित सुवेदीले १४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २६ रन बनाउँदै रन आउट भए । विधान गोस्वामी ३, निरज मुखिया ७ र श्रवण यादवले ४ रन बनाए ।पुलिसका राशिद खान र योगेन्द्रसिंह कार्कीले एक एक विकेट लिए ।

त्यसअघि बिराटनगरमा रहेको बैजनाथपुर क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको नेपाल पुलिस क्लबले निर्धारित ९ ओभरमा ६ विकेट गुमाउँदै ६६ रन बनायो । पिच गिलो (खेल्न नमिल्ने) भएपछि ढिलो सुरु हुँदा खेल ९ ओभरमा झारिएको थियो ।

पुलिसका सुनिल धमला ८, शंकर राना शून्य, अमित श्रेष्ठ ११, पवन सरार्फ २, दीलिप नाथ १४ रनमा आउट भए । राशिद खान १४ र योगेन्द्रसिंह कार्कीले ७ रन बनाए ।

प्रदेश एकका सोनु मण्डलले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । फिर्दोस अन्सारीले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । कमल खत्रीले एक विकेट लिए ।

प्रदेश एकले आयोजना गरेको सगरमाथा कपमा तीन विभागी टोली, भारतका दुई टोली इस्ट सेन्ट्रल रेलवे र ध्रुब क्रिकेट एकेडेमी गरि कुल ६ टोली छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.