default_image

3 years ago

November 23, 2022

सुमितको उत्कृष्ट ब्याटिङमा आर्मीमाथि एपिएफको रोमान्चक जित

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर सुमित महर्जनले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल एपिएफ क्लबले सगरमाथा कप टि२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई दुई विकेटले पराजित गरेको छ ।

जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १९.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा सुमित महर्जन १५ बलमा ४ छक्कासहित ३७ रनमा अविजित रहे । एक समय एपिएफ १६ ओभरमा ९३-८ को अवस्थामा थियो । हार तर्फ अघि बढेको एपिएफलाई जिताउन सुमितले त्यसपछि सानदार प्रदर्शन गरेका थिए । १९ औं ओभरमा हरि चौहानलाई दुई छक्कासहित १६ रन बनाएपछि जित सहज बनेको थियो ।

ओपनर प्रदीप ऐरी १०, आयुषमान बम १३, लोकेश बम १६ र सन्दीप जोरा ११ रनमा आउट भए । पुरन विक १४ बलमा १ चौका र २ छक्कासहित २१ रनमा आउट भए ।

आर्मीका हरि चौहानले ३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । बसिर अहमदले दुई, सुशन भारी र विक्रम सोबले एक एक विकेट लिए ।

त्यसअघि विराटनगरको बैजनाथपुरमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३८ रन बनायो । आर्मीका कुशल मल्लले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४९ रनमा अविजित रहे ।

सचिन शर्मा ३३ बलमा ३ चौकासहित ३०, हरि चौहान ११ र भीम सार्कीले १३ रन बनाए । विक्रम सोबले २० बलमा १ चौका र १ छक्कासहित २० र विनोद भण्डारीले ८ रन बनाए । नेपाल एपिएफ क्लबका कमलसिंह ऐरीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

प्रदेश एकले आयोजना गरेको सगरमाथा कपमा तीन विभागी टोली, भारतका दुई टोली इस्ट सेन्ट्रल रेलवे र ध्रुब क्रिकेट एकेडेमी गरि कुल ६ टोली छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.