default_image

2 years ago

November 23, 2022

अर्जुन शतकबाट चुक्दा गण्डकी बागमतीसँग पराजित

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर अर्जुन कुमाल शतकबाट चुक्दा गण्डकी प्रदेश वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगिता पहिलो खेलमा बागमती प्रदेशसँग ७४ रनले पराजित भएको छ ।

जितको लागि २ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको गण्डकी ४५.४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका ओपनर अर्जुन कुमालले १ सय १९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ९८ रन बनाए ।

अर्जुन शतक बनाउन मात्रै दुई रनले चुके । तीव्र गतिका बलर ओमाकार यादवको ४४ औं ओभरको पाँचौं बलमा अर्जुन डिप मिडविकेटमा सट खेल्न खोजेपनि टप एज लागेर कभरमा क्याच आउट भएपछि आफ्नो करिअरको पहिलो शतक बनाउन मात्रै दुई रनले चुक्न पुगे ।

अर्जुनलाई अर्को एन्डबाट भने कुनैपनि ब्याटरले राम्रो साथ दिन सकेनन् । ओपनर सोहेल कुँवर र अर्जुनले पहिलो विकेटका लागि ८.३ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुँवर २५ बलमा १ चौकासहित ९ रनमा आउट भए ।
गोबिन्द विक १३, दीपक डुम्रे ३, चिब्रिन श्रेष्ठ २१ रनमा आउट भए । श्रेष्ठले २२ बलमा २ चौका प्रहार गरे । चौथो विकेटका लागि चिब्रिन र अर्जुनले ५२ रनको साझेदारी गरेका थिए । पाँचौं विकेटका लागि करण पंगेनीसँग ३४ रनको साझेदारी गरे ।

पंगेनी ३६ बलमा १३ रनमा आउट भए । छैटौं विकेटका लागि कप्तान सुवास भण्डारीसँग ३० रनको साझेदारी गरेका थिए । सुवास प्रतिक श्रेष्ठको फुल टस बलमा डिप मिडविकेटमा लक्की कठायतबाट क्याच भएपछि अर्जुन दबाबमा परेका थिए ।
बागमतीका अशोक पौडेलले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिए । सक्रिय कार्की, ओमकार यादव र प्रतिक श्रेष्ठले दुई दुई विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८।१ ओभरमा २ सय ९३ रनमा अल आउट भयो । बागमतीका उत्तम थापाले ७० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ८७ रन बनाए । मध्य गतिका बलर सुदीप अर्यालको बलमा उत्तम प्वाइन्टमा गोविन्द विकबाट क्याच भएपछि करिअरको पहिलो शतक बनाउन १३ रनले चुकेका थिए ।

योगेश भाट ४२ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । अर्यालको बलमा एज लागेर भाट आउट भए । आक्रामक रुपमा प्रस्तुत भएका उनी धेरै समय क्रिजमा टिक्न सकेनन् । पाँचौं विकेटका लागि योगेश र उत्तमले ५८ बलमा ७७ रनको आक्रामक साझेदारी गरेका थिए ।

स्पिनर निर्तेश गिरीले बागमतीका दुबै ओपनरलाई बोल्ड गर्दै सस्तैमा पेभेलिएन फर्काएका थिए । सक्षम बास्ताकोटी ३० बलमा ३ चौकासहित १८ र लक्की कठायत १२ रनमा आउट भए ।

गिरीकै बलमा एज लागेर दिपान बानिया एज लागेर विकेटकिपर दीपक डुम्रेबाट ६ रनमा आउट भए । अर्जुन कुमालले कप्तान अशोक पौडेललाई ९ रनमा स्टम्पिङ आउट गराए ।

बागमतीका तल्लोक्रमका ब्याटरले आक्रामक इनिङ खेल्दै विशाल योगफल सम्म पुर्याए । अभिषेक कोइराला १४ बलमा २ चौका र ३ छक्कासहित ३२ रनमा आउट भए । ओमकार यादवले २० बलमा ४ चौका र १ छक्कासहित ३७ र अथर्भ पौडेलले २१ रन जोडे । प्रतिक श्रेष्ठ ८ र सक्रिय कार्कीले एक रन बनाए ।

गण्डकी प्रदेशका सुदीप अर्याल र निर्तेश गिरीले समान तीन विकेट लिए । सुवास भण्डारी, अर्जुन कुमाल र चिब्रिन श्रेष्ठले एक एक विकेट लिए । प्रतियोगितामा ७ प्रदेशका टोलीबीच सिंगल राउन्ड रोविनको आधारमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल मसिंर १९ मा हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.