2 years ago
November 23, 2022
एजेन्सी – इंग्ल्यान्डले १८ वर्षीय युवा स्पिनर रेहान अहमदलाई पाकिस्तानसँग हुने तीन टेस्ट खेलको सिरिजको लागि टोलीमा बोलाएको छ । युएईमा जारी थ्री डे वार्मअप खेलमा राम्रो प्रदर्शनपछि इंग्ल्यान्डले लेग स्पिनर रेहानलाई टोलीमा थप्ने निर्णय गरेको हो ।
रेहान पहिलो पटक इंग्ल्यान्डको टोलीमा परेका हुन् । उनी इंग्ल्यान्डबाट टेस्ट खेल्ने सबैभन्दा कान्छा खेलाडी बन्ने छन् । यसअघि ब्रयान क्लोजले १८ वर्ष १ सय ४९ दिनमा टेस्ट खेल खेलेका थिए । रेहान हाल १८ वर्ष १ सय २ दिनका छन् ।
उनले तीन प्रथम श्रेणी, ७ लिष्ट ए र १९ टि२० क्रिकेट खेलेका छन् । यसै वर्ष यू१९ विश्वकपमा रेहानले ४ खेलमा १२ विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए । इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानमा टेस्ट खेल खेल्दै छ । अघिल्लो साता अष्ट्रेलियामा सम्पन्न टि२० विश्वकपको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो
पाकिस्तान र इंग्ल्यान्डबीच पहिलो टेस्ट खेल १ डिसेम्बरमा रावलपिन्डी क्रिकेट स्टेडियममा हुनेछ । दोस्रो टेस्ट ९ डिसेम्बरदेखि मुल्तान क्रिकेट स्टेडियम र तेस्रो टेस्ट १७ डिसेम्बर देखि कराँचीमा सुरु हुनेछ । विश्वकप अघि इंग्ल्यान्डले पाकिस्तानमा गएर सात टि२० आई खेलको सिरिज खेलेको थियो । उक्त सिरिज इंग्ल्यान्डले ४–३ ले जितेको थियो ।
इंग्ल्यान्डको टेस्ट टोली :
बेन स्टोक्स (कप्तान), जेम्स एन्डरसन, ह्यारी ब्रुक, ज्याक क्रली, बेन डकेट, बेन फोक्स, विज ज्याक्स, केटन जेनिङ्सन, ज्याक लेच, लियाम लिभिङस्टोन, जेम्स ओभरटन, ओली पोप, ओली रोविन्सन, जो रुट र मार्क वुड ।
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]