default_image

2 years ago

November 24, 2022

ओलीको सानदार शतक

94 views

0 Bookmark

एजेन्सी– इंग्ल्यान्डका युवा ब्याटर ओली पोपले पाकिस्तानसँग तीन टेस्ट खेलको सिरिज खेल्नुअघि अभ्यास खेलमा इंग्ल्यान्ड लायन्सविरुद्ध सानदार शतक हानेका छन् ।

युएईमा थ्री डेको अभ्यास खेलमा शेख जायद स्टेडियम आधुबाधीमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो दिन ७९ ओभरमा ७ विकेट गुमाउँदै ५ सय १ रन बनाएको छ ।

युवा ब्याटर ओली पोपले १ सय २० बलमा २२ चौका र ३ छक्कासहित १ सय ४६ रनको सानदार शतकीय इनिङ खेले । ओली पोप इंग्ल्यान्डका बर्तमान समयका प्रमुख मध्यक्रमका ब्याटर हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् ।

त्यस्तै ओपनर ज्याक क्रली ८९ बलमा १५ चौका र १ छक्कासहित ९६ रनमा रन आउट भए । बेन डकेट २८, जो रुट ९, लियाम लिभिङस्टोन ३६ र बेन फोक्सले ४८ रन बनाए । सिमित ओभरका विष्फोटक ब्याटर लियाम लिभिङस्टोन पाकिस्तानविरुद्ध टेस्टमा डेब्यू गर्ने छन् ।

तल्लोक्रमका ब्याटर विल ज्याक्स ४८ बलमा १२ चौका र ४ छक्कासहित ८४ रनमा आउट भए । इंग्ल्यान्डका लायन्सका ड्यानिल लरेन्सले सर्वाधिक दुई विकेट लिए । पाकिस्तान र युएईको कन्डिसन मिल्ने हुँदा इंग्ल्यान्डले अभ्यास गरेको हो । इंग्ल्यान्ड आगमी शनिबार पाकिस्तान जानेछ ।

पाकिस्तान र इंग्ल्यान्डबीच पहिलो टेस्ट खेल १ डिसेम्बरमा रावलपिन्डी क्रिकेट स्टेडियममा हुनेछ । दोस्रो टेस्ट ९ डिसेम्बरदेखि मुल्तान क्रिकेट स्टेडियम र तेस्रो टेस्ट १७ डिसेम्बर देखि कराँचीमा सुरु हुनेछ । विश्वकप अघि इंग्ल्यान्डले पाकिस्तानमा गएर सात टि२० आई खेलको सिरिज खेलेको थियो । उक्त सिरिज इंग्ल्यान्डले ४–३ ले जितेको थियो ।

इंग्ल्यान्डको टेस्ट टोली :

बेन स्टोक्स (कप्तान), जेम्स एन्डरसन, ह्यारी ब्रुक, ज्याक क्रली, बेन डकेट, बेन फोक्स, विज ज्याक्स, केटन जेनिङ्सन, ज्याक लेच, लियाम लिभिङस्टोन, जेम्स ओभरटन, ओली पोप, ओली रोविन्सन, जो रुट र मार्क वुड ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.