default_image

2 years ago

November 24, 2022

मैदान फर्किए जोफ्रा आर्चर

190 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटका उत्कृष्ट तीव्र गतिका बलर जोफ्रा आर्चर लामो समयपछि मैदान फर्किएका छन् । लगातार चोटका कारण मैदान बाहिर हुँदै आएका आर्चर आबुधाबीमा थ्री डे वार्मअप खेलमा इंग्ल्यान्ड लायन्सबाट इंग्ल्यान्डविरुद्ध पूनरागमन गरेका छन् ।

योसँगै आर्चर मैदान फर्किने लामो प्रतिक्षा पनि अन्त्य भएको छ । थ्री डेको अभ्यास खेलमा आर्चरले पहिलो दिन ९ ओभरमा १ मेडन राख्दै ३८ रन खर्चे ।

युएईको शेख जायद स्टेडियम आधुबाधीमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो दिन ७९ ओभरमा ७ विकेट गुमाउँदै ५ सय १ रन बनाएको छ । युवा ब्याटर ओली पोपले १ सय २० बलमा २२ चौका र ३ छक्कासहित १ सय ४६ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

आर्चर पछिल्लो पटक २०२१ जुलाईमा घरेलु क्रिकेट खेलेका थिए । उक्त घरेलु क्रिकेट खेल्नेक्रममा दायाँ हातको कुइनोमा चोट लागेपछि डेढ वर्ष मैदान बाहिर रहनु परेको हो । अन्तर्राष्ट्रिय क्रिकेट भने २०२१ मार्चमा भारतविरुद्ध खेलेका थिए । त्यसपछि इंग्ल्यान्डले दुई टि२० विश्वकप खेल्दा आर्चर मैदान बाहिर रहनु पर्यो ।

गत वर्ष टि२० विश्वकपमा इंग्ल्यान्ड सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदै बाहिरियो । आर्चरको अभाव इंग्ल्यान्डको टोलीलाई निकै खड्किएको थियो । डेथ ओभरमा अन्तिम तीन ओभरमा ५७ रन खर्चिदै उपाधि दाबेदार इंग्ल्यान्ड सेमिफाइनलबाटै बाहिरिनु परेको थियो । अघिल्लो साता इंग्ल्यान्डले पाकिस्तानलाई हराउँदै टि२० विश्वकप उपाधि जितेको थियो । यो पटक डेथ ओभरमा साम करनले सानदार प्रदर्शन गर्दै उनको अभाव महसुस हुन दिएनन् ।

आर्चर बाउन्स र योर्करका लागि चिनिन्छन् । साथै उनको तीव्र गतिको बल खेल्न कुनैपनि ब्याटरलाई सहज हुँदैन । उनी १ सय ५५ प्रतिघण्टा किलोमिटरको गतीमा बलिङ गर्ने क्षमता भएका बलर हुन् । ब्याटिङमा उनी हिटरको रुपमा चिनिन्छन् । आर्चरलाई बर्तमान समयका बाउन्सर किंग पनि भनिन्छ । २०१९ को एकदिवसिय विश्वकपमा बंगलादेशविरुद्ध उनले सौम्य सरकारलाई बोल्ड गरेको बल स्टम्पमा लागेर सिधैं बाउन्ड्री बाहिर गएको थियो ।

सन् २०१९ मा इंग्ल्यान्डलाई एकदिवसिय विश्वकप जिताउन आर्चरको प्रदर्शन सानदार थियो । न्युजिल्यान्डलाई सुपर ओभरमा बराबरीमा रोक्दै बाउन्ड्री काउन्टको आधारमा विश्वकप जिताउन आर्चर नायक बनेका थिए ।

विश्वकप प्रतियोगिताभर उत्कृष्ट बलिङका साथ ११ खेलमा २० विकेट लिएका थिए । आर्चरले इंग्ल्यान्डबाट १३ टेस्ट, १७ ओडिआई र १२ टि२० आई खेलेका छन् । सिमित ओभरमा डेथ ओभरका स्पेलिष्ट रुपमा समेत चिनिन्छन् ।

गत वर्ष आइपिएल मेगा अक्सनमा मुम्बईले आर्चरलाई ८ करोड भारुमा किनेको थियो । त्यस सिजन उनी नखेल्ने भएपनि २०२३ को लागि टोलीमा राखि राख्न सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच कडा प्रतिस्पर्धा भएको थियो । मुम्बईमा जस्प्रित बुमराह र जोफ्रा आर्चरको दुई जोडीको प्रदर्शन अझ हेर्न लायक हुनेछ ।

दुबै बलर चोटबाट फर्किनेछन् । आर्चरको पूनरागमनले इंग्ल्यान्डको बलिङ आक्रामण निकै मजबुत हुनेछ । आर्चर पाकिस्तानसँग हुने तीन टेस्ट खेलको सिरिजको लागि भने टोलीमा छैनन् । उनी मैदान फर्किए पनि अन्तर्राष्ट्रिय क्रिकेटमा पूनरागमन गर्न अझै केहि समय लाग्ने देखिन्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.