2 years ago
November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
यो अभ्यास खेल हुँदा नेपालको १४ जना भित्र रहेका जो सुकै खेलाडीलाई खेलाउन सक्छ । अन्तर्राष्ट्रिय खेलमा जस्तो प्लेइङ ११ नै खेल्ने भन्ने हुँदैन । यहि टोलीसँग नेपालले शनिबार दोस्रो अभ्यास खेल खेल्नेछ । अनि आइसिसी विश्वकप लिग २ को लागि नामिबिया प्रस्थान गर्नेछ ।
नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल मंसिर १६ (डिसेम्बर २) मा घरेलु टोली नामिबियासँग खेल्नेछ । मंसिर १८ (डिसेम्बर४ मा) स्कटल्यान्डसँग खेल्नेछ । नेपालले मंसिर २१ मा (डिसेम्बर ७) नामिबिया र मंसिर २२ मा (डिसेम्बर ८) स्कटल्यान्डसँग खेल्नेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।
December 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को बुधवारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले टस जितेर बलिङ रोजेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । दुवै टोली पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहान्छन् । काठमाडौं […]
December 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलोमा पराजित काठमाडौं गुर्खाज र कर्णाली याक्सबीच खेल हुदैछ । आजको पहिलो खेलमा कर्णाली र काठमाडौं खेल्न लागेका हुन् । दुईबीचको खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा बिहान ९ बजे पछि सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो […]
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो मंगलवार नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विलियमलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले स्वागत गरेका थिए । ३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टि ट्वान्टी प्रतियोगिता खेलेका छन् । उनले […]