2 years ago
November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट एसोसियसनविरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा ३ विकेट गुमाउँदै २६ रन बनाएको छ ।
नेपालका कप्तान रोहित पौडेल ३० बलमा १४ रन बनाउँदै खेलेका छन् । हरिशंकर शाह १५ बलमा ७ रन बनाएर खेलेका छन् ।नेपालका ओपनर अर्जुन साउद, आसिफ शेख र ज्ञानेन्द्र मल्ल तीनै ब्याटर डक आउट भएका छन् ।
अर्जुनले ८, आसिफले २ र ज्ञानेन्द्रले ५ बल खेल्दा खाता खोल्न सकेनन् । नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगनै दोस्रो अभ्यास खेल खेल्नेछ । आइतबार नामिबिया प्रस्थान गर्नेछ ।
यो अभ्यास खेल हुँदा नेपालको १४ जना भित्र रहेका जो सुकै खेलाडीलाई खेलाउन सक्छ । अन्तर्राष्ट्रिय खेलमा जस्तो प्लेइङ ११ नै खेल्ने भन्ने हुँदैन ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]