default_image

2 years ago

November 24, 2022

कठिन समयमा कप्तान रोहितको महत्वपूर्ण अर्धशतक

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खराब सुरुवात गरेपनि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली डिस्टिक जिल्ला एसोसियनसनविरुद्ध सम्हाल्लिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनाएको छ । कप्तान रोहित पौडेल ९४ बल खेल्दै ६५ रनमा क्रिजमा छन् । उनलाई कुशल भुर्तेलले ३४ बलमा १९ रन बनाउँदै साथ दिएका छन् ।

नेपालको सुरुवात भने सम्झन लायक रहेन । शीर्ष तीन ब्याटर खाता खोल्न नसकी आउट भएको अवस्थामा रोहितले कप्तानी जिम्मेवारी लिँदै महत्वपूर्ण अर्धशतक प्रहार गरेका हुन् ।

नेपालका ओपनर अर्जुन साउद, आसिफ शेख र ज्ञानेन्द्र मल्ल तीनै ब्याटर डक आउट भएका छन् । अर्जुनले ८, आसिफले २ र ज्ञानेन्द्रले ५ बल खेल्दा खाता खोल्न सकेनन् । नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगनै दोस्रो अभ्यास खेल खेल्नेछ । आइतबार नामिबिया प्रस्थान गर्नेछ ।

यो अभ्यास खेल हुँदा नेपालको १४ जना भित्र रहेका जो सुकै खेलाडीलाई खेलाउन सक्छ । अन्तर्राष्ट्रिय खेलमा जस्तो प्लेइङ ११ नै खेल्ने भन्ने हुँदैन ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.