3 years ago
November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध विष्फोटक शतक हानेका छन् । नेपालले दिल्लीलाई ३ सय ४ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३ रन बनायो । नेपालका कप्तान रोहित पौडेल १ सय ३५ बलमा ११ चौका र १ छक्कासहित १ सय १३ रनमा आउट भए ।
दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ८ चौका र ६ छक्कासहित १ सय ९ रनको विष्फोटक शतकीय इनिङ खेले । दीपेन्द्रले ५८ बलमै शतक हानेका थिए ।
खराब प्रदर्शन गरेपनि छैटौं विकेटका लागि रोहित र दीपेन्द्रले १ सय २० रनको सानदार शतकीय साझेदारी गरेका थिए । सातौं विकेटका लागि दीपेन्द्र र आरिफ शेखले ५९ रनको साझेदारी गरेका थिए । आरिफले १० बलमा १ छक्कासहित १८ रन बनाए ।

दीपेन्द्र र रोहितले शतक हानेपनि नेपालका पाँच ब्याटरले खाता खोल्न सकेनन् । नेपालको सुरुवात सम्झन लायक रहेन । शीर्षक्रमका प्रमुख तीन ब्याटर खाता खोल्न नसकी आउट भए । ओपनर अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र आसिफ शेख शून्यमा आउट भएका थिए ।
तीव्र गतिका बलर आयुष यादवले दोस्रो ओभरको दोस्रो बलमै अर्जुनलाई एलबीडब्लू आउट गरे । त्यसपछि प्रिन्स यादवले तेस्रो ओभरमा आसिफ शेख र ज्ञानेन्द्र मल्ल दुबैलाई शून्यमा बोल्ड गर्दा नेपाल २-३ को दयनीय अवस्थामा थियौं । चौथो विकेटका लागि रोहित र हरिशंकरले ५८ रनको साझेदारी गरेका थिए । हरिशंकर २९ बलमा ३ चौकासहित २५ रन बनाउँदै आउट भए । कुशल भुर्तेल ३९ बलमा २१ रन बनाउँदै आउट भए ।
रोहित र कुशल भुर्तेलले पाँचौं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । तल्लोक्रमका सोमपाल कामी र गुलशन झाले पनि खाता खोल्न सकेनन् । दिल्लीका प्रिन्स यादवले ९ ओभरमा ३ मेडन राख्दै ४२ रन खर्चेर ३ विकेट लिए । मनिष श्रीवातले २ विकेट लिए ।
नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगनै दोस्रो अभ्यास खेल खेल्नेछ । आइतबार नामिबिया प्रस्थान गर्नेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]