2 years ago
November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मिलन बोहराले अलराउन्ड प्रदर्शन गरेपछि सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।
जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २६.२ ओभरमा ५ विकेट गुमाउँदै १ सय २८ रन बनायो । सुदूरका लागि मिलन बोहराले ४७ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । उनी अनुज चनाराको बलमा बोल्ड भएपछि अर्धशतक सम्म पुग्न सकेनन् ।
ओपनर दीपक बोहरा १६ बलमा २ चौका र १ छक्कासहित २०, विशाल ऐर ९, अनुराग सिंह १० र दीपक बोहराले २० रन बनाए । गजेन्द्र बोहरा ४ र सुनिल चन्दले १३ रन बनाए ।
कर्णालीका तीव्र गतिका बलर अनुज चनाराले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । सन्दीप शाही र मोहन विकले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली ३२.३ ओभरमा १ सय २७ रनमा अल आउट भएको थियो । कर्णालीका दीनेश अधिकारी ३२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रनमा अविजित रहे । उनलाई अर्को एन्डबाट कुनैपनि ब्याटरले साथ दिन सकेनन् ।
ओपनर सुवास ऐर ३५ बलमा ४ चौका र १ छक्कासहित ३० रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । कर्णालीको सुरुवात उत्कृष्ट रह्यो । ओपनर विपिन रावल र सुवास ऐरले पहिलो विकेटका लागि ९.४ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
चोभार एण्डबाट आएका तीव्र गतिका बलर कैलाश ऐरलाई लगातार तीन चौका हान्ने धुनमा मिस हुँदा सुवास एलबीडब्लू आउट भएका थिए । त्यसपछि कर्णालीले लगातार विकेट गुमायो । राम्रो सुरुवात गरेपनि कर्णालीले ५१ रन जोड्न ९ विकेट गुमाएपछि ९९-९ को दयनीय अवस्थामा पुगेको थियो ।
१८ बल खेल्दै रोशन शाही २ रनमा आउट भए । स्पिनर नरेन्द्र साउदले विपिन शाहीलाई १९ रनमा एलबीडब्लू धरापमा पारेपछि कर्णाली १५.५ ओभरमा ६०-३ को अवस्थामा पुगेको थियो । कप्तान विपिनको विकेटपछि कर्णालीका ब्याटर क्रिजमा सम्हालिन सकेनन् । विपिनले ४६ बलमा २ चौका प्रहार गरे ।
अभिषेक बम शून्यमा रन आउट भए । सन्दीप शाही १० रनमा मिलन बोहराको बलमा बोल्ड आउट भए । उनले १८ बल खेल्दै १ चौका र १ छक्का हाने । त्यसपछिका तीन ब्याटर मोहन विक, अनुज चनारा र युनिस सिंह शून्यमा पेभेलिएन फर्केका थिए ।
अन्तिम विकेटका लागि दीनेश अधिकारी र विनित खत्रीले २८ रनको साझेदारी गरेका थिए । मिलन बोहराले विनित खत्रीलाई एक रनमा बोल्ड गरे ।
सुदूरपश्चिमका मिलन बोहराले ७।३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । नरेन्द्र साउदले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी र कैलाश ऐरले एक एक विकेट लिए ।
February 12, 2025
एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]