default_image

2 years ago

November 24, 2022

किशोर र भुवनको उत्कृष्ट बलिङमा एपिएफको लगातार दोस्रो जित

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर किशोर महतो र स्पिनर भुवन कार्कीको उत्कृष्ट बलिङमा नेपाल एपिएफ क्लबले सगरमाथा टि२० कपमा घरेलु टोली प्रदेश एकलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

जितको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ओपनर प्रदीप ऐरीले २९ बलमा ३ चौकासहित सर्वाधिक ३३ रन बनाए ।

आयुषमान बमले २२ बलमा ४ चौकासहित २८, लोकेश बम २० र सन्दीप जोराले १४ रन बनाए । लोकेशले १३ बलमा २ छक्का हाने । सन्दीप जोराले ७ बलमा १ चौका र १ छक्का हाने । प्रदेश एकका श्रवण यादवले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि विराटनगरको बैजनाथपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश एकले निर्धारित १३ ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनायो । प्रदेश एकका अंकित सुवेदीले ११ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २४ रन बनाए । कप्तान सिद्धान्त लोहनीले १६ बलमा १ चौका र १ छक्कासहित १६, निरज मुखिया १५, दीपक पासवान २, शुभनकर उरायोले १७ रन बनाए ।

एपिएफका किशोर महतोले ३ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । भुवन कार्कीले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । विपिन खत्री र अमरसिंह राउटेलाले एक एक विकेट लिए । एपिएफले पहिलो खेलमा आर्मीलाई २ विकेटले हराएको थियो । प्रदेश एकले पुलिसलाई ७ विकेटले हराएको थियो ।

प्रदेश एकले आयोजना गरेको सगरमाथा कपमा तीन विभागी टोली, भारतका दुई टोली इस्ट सेन्ट्रल रेलवे र ध्रुब क्रिकेट एकेडेमी गरि कुल ६ टोली छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.