default_image

2 years ago

November 25, 2022

शीर्ष तीन ब्याटर चल्दा न्युजिल्यान्डलाई भारतको बलियो लक्ष्य

106 views

0 Bookmark

एजेन्सी– शीर्षक्रमका तीन ब्याटरको अर्धशतकमा भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली न्युजिल्यान्डलाई ३ सय ७ रनको बलियो लक्ष्य दिएको छ । इडेन पार्क अकल्यान्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६ रन बनायो ।

भारतका श्रेयस ऐरले ७६ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए । भारतलाई ओपनर शुभमन गिल र कप्तान शिखर धवनले पहिलो विकेटका लागि २३.१ ओभरमा १ सय २४ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

लोकी फर्गुसनको बलमा गिल डेभन कन्वेबाट क्याच भएपछि साझेदारी तोडिएको थियो । शिखर धवन ७७ बलमा १३ चौकासहित ७२ रनमा आउट भए । धवन गिल आउट भएको अर्को ओभरमा टिम साउथीको बलमा फिन एलेनबाट क्याच आउट भएका थिए ।

लोकी फर्गुसनले ऋषभ पन्तलाई १५ रनमा बोल्ड गरे । सूर्यकुमार यादव फर्गुसनको बलमा ४ रनमा क्याच भएपछि भारत १६०–४ को अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि श्रेयस र स्यामसनले ९४ रनको साझेदारी गर्दै भारतको धरमराएको इनिङ उकासेका थिए ।

स्यामसन ३८ बलमा ४ चौकासहित ३६ रनमा क्याच आउट भए । वासिन्टन सुन्दर १६ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा अविजित रहे ।

न्युजिल्यान्डका लोकी फर्गुसनले १० ओभरमा १ मेडनसहित ५९ रन खर्चेर ३ विकेट लिए । टिम साउथीले १० ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । एडम मिल्नेले एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.