default_image

1 year ago

November 26, 2022

विवाह बन्धनमा बाँधिदै रोमा

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी ब्याटर रोमा थापा विवाह बन्धनमा बाँधिने भएकी छिन् । शुक्रबार रोमाले प्रनिश बिमलीसँग इन्गेजमेन्ट गरेकी हुन् । २५ वर्षीय रोमाले मागी विवाह गर्न लागेकी हुन् ।

रोमाका अनुसार उनको विवाह आगमी २३ गते हुनेछ । रोमा मध्यक्रमकी ब्याटर हुन् । रोमाले नेपालका लागि २०१७ मा आइसिसी वुमन्स विश्व टि२० छनोटमा थाईल्यान्डविरुद्ध डेब्यू गरेकी थिइन् । टि२० आईमा भने २०१९ मा थाईल्यान्ड वुमन्स टि२० साम्समा चीनविरुद्ध डेब्यू गरेकी थिइन् ।

रोमाले नेपालबाट १३ टि२० आई खेल खेलेकी छिन् । झापको काकरभित्ताको मेचीनगर पालिका ६ मा जन्मेकी रोमा त्यहिँ नै क्रिकेट खेलेर हुर्केकी हुन् । पछिल्लो डेढर्षदेखि भने रोमा नेपाल एपिएफ क्लबाट खेल्दै आएकी छिन् ।

२०२० को दाङको लमहीमा प्रदेश एकले विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै ऐतिहासिक प्रधानमन्त्री कप टि२० प्रतियोगिता उपाधि जित्दा रोमाको योगदान महत्वपूर्ण थियो ।

त्यसपछि भने रोमा नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी छिन् । रोमा ओपनिङ, मध्यक्रमसँगै राम्रो फिल्डिरको रुपमा पनि चिनिन्छन् ।

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

Success

Thank you for your time.