default_image

3 years ago

December 19, 2022

एक ओभरमा ७७ रन !

499 views

0 Bookmark

क्रिकेट साच्चै अप्रत्याशित खेल हो । कति बेला के हुन्छ भन्न सकिँदैन । क्रिकेटमा एक ओभरमा कति रन बोन्ला ? धेरैको जवाफ ६ बलमा ६ छक्का हाने ३६ रन हुन्छ । एक दुई बल एक्स्ट्रा गइहाले अलिकति रन थपिएला विश्वास नलाग्न सक्छ, क्रिकेटमा एकै ओभरमा ७७ रन बनेको छ । त्यो पनि मान्यता प्राप्त प्रथम श्रेणी खेलमा ।

३२ वर्षअघि प्रथम श्रेणी मान्यता प्राप्त खेलमा न्युजिल्यान्डका बर्ट भान्सले एकै ओभरमा ७७ रन खर्चिदै क्रिकेट इतिहासकै खराब कीर्तिमान बनाएका थिए । भनिन्छ कीर्तिमान तोडिनकै लागि बन्छन् । तर यो कीर्तिमान तोडिन असम्भवप्राय छ ।

केहि साता भारतीय युवा ब्याटर ऋतुराज गायकवाडले लिष्ट मान्यता प्राप्त खेलमा विजय हजारे ट्रफीमा महाराष्ट्रबाट उत्तरप्रदेशविरुद्ध ६ बलमा ४३ रन बनाए । उनले नो बल सहितको ओभरमा शिव सिंहलाई ७ बल खेल्दा ७ छक्का हानेका थिए ।

एकै ओभरमा ४३ रन बनेपछि धेरैको लागि आश्चर्य भयो । सिमित ओभरको क्रिकेटमा यो एकै ओभरमा बनेको सर्वाधिक रन थियो । तर क्रिकेट इतिहासमा भने एकै ओभरमा ७७ रन सम्म बनेको छ ।

सन् १९९० मा न्युजिल्यान्डको प्रथम श्रेणी मान्यता प्राप्त शेल ट्रफीमा भान्सले वेलिंगटनबाट क्यान्टरबीविरुद्ध उक्त रन खर्चेका हुन् । खेलको अन्तिम दिन थियो । वेलिंगटनलाई उपाधि जित्न अन्तिम खेलमा जित निकाल्नु पर्ने थियो । अन्तिम दिन विहान वेलिंगटनले क्यान्टरबरीलाई २ सय ९१ रनको लक्ष्य दियो । उक्त लक्ष्य ५९ ओभरमा पूरा गर्नुपर्ने हुन्थ्यो ।

उक्त लक्ष्य पछ्याएको क्यान्टरबरी खराब ब्याटिङ गर्नेक्रममा १०८–८ को अवस्थामा थियो । त्यो समय क्यान्टरबरीको जितको सम्भावना टाढिएको थियो । वेलिंग्टन सहज जिततर्फ अघि बढेको थियो । त्यसैले कप्तान एर्विन म्याकस्वीनीले करिअरमा कहिल्यै बलिङ नगरेका भान्सलाई बलिङ दिए । करिअरको अन्त्यतिर पुगेका भान्सलाई रन खर्च गर्न दिने रणनीति अनुसार नै कप्तान र प्रशिक्षकको सल्लाहमा बलिङ गर्ने दिइएको थियो ।

वेलिंगटन पर्याप्त रन खर्चन चाहन्थ्यो । विपक्षी आफ्नो लक्ष्यनजिक पुग्दा जितको आशामा दुई विकेट गुमाउने अनुमान गरेको थियो । वेलिंगटन ड्र नभएर जित चाहन्थ्यो । तर बर्टले लगातार नो बल फाले । सुरुवाती १७ बल मध्य एक बल मात्रै सहि थियो ।

ली जेर्मोनले ओभरमा फ्याँकेको छैटौं बलमा शतक पूरा गरे । जसक्रममा उनले ८ छक्का र पाँच चौका प्रहार गर्दै कुल ७० रन जोडेका थिए । फर्डले दुई बल सामना गर्दा पाँच रन बनाए । ७७ रन खर्चने क्रममा भान्सले कुल २२ बल फ्याँकेका थिए । तर अम्पायरले ओभरमा ५ सहि बल फ्याँकेपछि नै ओभर समाप्त भएको बताए । लगातार एक्स्ट्रा फ्याँकेपछि स्कोरर र अम्पायर नै बल गन्तीमा झुक्किएका थिए ।

भान्सले गरेको बल क्रमश: यस प्रकार (०,,४,४,६,६,४,६,१,४,१,०,६,६,६,६,६०,०,४,०,१) थियो । उनले दोस्रो, १८ औं, १९ औं, २१ औं र २२ औं बलमा मात्र नोबल फ्याँकेनन् । बाँकी सबै बल नो बल थियो ।

अन्तिम ओभरमा जितका लागि १८ रन चाहिएको अवस्था थियो । भान्सकै ओभरको कारण स्कोरर रन जोड्न व्यस्त रहेका कारण खेलको समीकरण कसैलाई प्रष्ट थिएन । ब्याटर जेर्मोनले अन्तिम ओभरको सुरुवाती ५ बलमा १७ रन जोडे । अन्तिम बल रोकेपछि दुवै टोली पेभेलियन फर्किए । त्यसपछि मात्र दुवै टोलीले खेलको नतिजा यकिन रुपमा थाहा पाएका थिए ।

समग्रमा ली जेर्मोनले १ सय ४३ बलमा १६ चौका र ८ छक्का प्रहार गर्दै १ सय ६० रनको शतकीय इनिङ खेले । रोजर्स फर्डले ६९ बलमा १ चौकासहित १४ रन बनाए ।

नवौं विकेटका लागि फर्ड र जेर्मोनले १ सय ८२ रनको साझेदारी गरेका थिए । एकै ओभरमा ७७ रन आएपनि खेल भने ड्र भयो । ५९ ओभरमा क्यान्टरबरीले ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.