default_image

1 year ago

December 1, 2022

ब्रुकले हाने एकै ओभरमा ६ चौका

काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्यान्डका युवा स्टार ह्यारी ब्रुकले पहिलो टेस्ट खेलमा पाकिस्तानविरुद्ध एकै ओभरमा ६ चौका हानेका छन् । ब्रुकले ६८ औं ओभरमा स्पिनर साउद सकिललाई लगातार ६ बलमा ६ चौका हानेका हुन् । उनी टेस्ट क्रिकेटमा एकै ओभरमा ६ चौका हान्ने चौथो खेलाडी हुन् । यसअघि श्रीलंकाका सनाथ जयसूर्याले २००७ मा इंग्ल्यान्डका जेम्श […]

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्यान्डका युवा स्टार ह्यारी ब्रुकले पहिलो टेस्ट खेलमा पाकिस्तानविरुद्ध एकै ओभरमा ६ चौका हानेका छन् । ब्रुकले ६८ औं ओभरमा स्पिनर साउद सकिललाई लगातार ६ बलमा ६ चौका हानेका हुन् ।

उनी टेस्ट क्रिकेटमा एकै ओभरमा ६ चौका हान्ने चौथो खेलाडी हुन् । यसअघि श्रीलंकाका सनाथ जयसूर्याले २००७ मा इंग्ल्यान्डका जेम्श एन्डरसनलाई हानेका थिए ।

त्यस्तै वेस्टइन्डिजका रामनरेश सर्वानले भारतका मुनाफ पटेललाई २००६ मा प्रहार गरेका थिए । वेस्टइन्डिजका क्रिस गेलले इंग्ल्यान्डका म्याथ्यु होगार्डलाई २००४ मा प्रहार गरेका थिए ।

रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले विष्फोटक ब्याटिङ गर्दै ७१ ओभरमा ४ विकेट गुमाउँदै ४ सय ६२ रन बनाएको छ ।

ह्यारी ब्रुक ७२ बलमा १३ चौका र २ छक्कासहित ९२ रनमा अविजित छन् । ओपनर ज्याक क्रली १ सय २२ रनमा आउट भए । बेन डकेट १ सय ७ रनमा आउट भए ।

पहिलो विकेटका लागि ज्याक क्रली र बेन डकेटले २ सय ३३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका छन् । ओली पोप १ सय ८ रनमा आउट भए । इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानमा टेस्ट क्रिकेट खेलि रहेको छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.