default_image

1 year ago

December 1, 2022

पहिलो दिनमै चार शतकसँगै इंग्ल्यान्डको नयाँ इतिहास

एजेन्सी – आक्रामक ब्याटिङ गर्दै चार ब्याटरले शतक हानेपछि इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध पहिलो दिनमै ५ सय ६ रन बनाएको छ । रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा ७५ ओभरमा ४ विकेट गुमाउँदै ५ सय ६ रन बनाएको छ । इंग्ल्यान्ड टेस्ट क्रिकेट इतिहासमा पहिलो […]

75 views

0 Bookmark

एजेन्सी – आक्रामक ब्याटिङ गर्दै चार ब्याटरले शतक हानेपछि इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध पहिलो दिनमै ५ सय ६ रन बनाएको छ । रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा ७५ ओभरमा ४ विकेट गुमाउँदै ५ सय ६ रन बनाएको छ ।

इंग्ल्यान्ड टेस्ट क्रिकेट इतिहासमा पहिलो दिननै ५ सय रन बनाउने पहिलो टोली बनेको छ । यस अघि टेस्टमा पहिलो दिन अष्ट्रेलियाले सन् १९१० मा दक्षिण अफ्रिकाविरुद्ध सिड्नीमा ४ सय ९४ रन बनाएको थियो । इंग्ल्यान्डले १ सय १२ वर्ष पूरानो कीर्तिमान तोड्दै नयाँ इतिहास रचेको छ ।

टेस्ट क्रिकेट इतिहासमा पहिलो दिननै चार शतक पनि पहिलो पटक बनेको हो । इंग्ल्यान्डका ह्यारी ब्रुक ८१ बलमा १४ चौका र २ छक्कासहित १ सय १ रनमा क्रिजमा छन् । कप्तान बेन स्टोक्सले १५ बलमा ६ चौका र १ छक्कासहित ३४ रनमा अविजित छन् ।

इंग्ल्यान्डलाई ओपनर ज्याक क्रली र बेन डकेटले पहिलो विकेटका लागि मात्रै ३५.४ ओभरमा २ सय ३३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए । ज्याक क्रली १ सय ११ बलमा २१ चौकासहित १ सय २२ रनमा हरिस रौफको बलमा बोल्ड भए । क्रलीले ८६ बलमा टेस्ट करिअरको तेस्रो शतक पूरा गरेका थिए ।

बेन डकेट १ सय १० बलमा १५ चौकासहित १ सय ७ रनमा आउट भए । डकेटले १ सय ५ बलमा टेस्ट करिअरको पहिलो शतक पूरा गरे । ओली पोप १ सय ४ बलमा १४ चौकासहित १ सय ८ रनमा आउट भए । पोपले ९० बलमा आफ्नो टेस्ट करिअरको तेस्रो शतक हो । तेस्रो विकेटका लागि ओली पोप र ह्यारी ब्रुकले १ सय ७६ रनको शतकीय इनिङ खेले ।

ह्यारी ब्रुकले ८० बलमै शतक प्रहार गरे । उनले ६८ औं ओभरमा स्पिनर साउद सकिललाई एकै ओभरमा ६ चौका प्रहार गरेका थिए । पाकिस्तानका स्पिनर जैद मोहम्मदले दुई, हरिस रौफ र मोहम्मद अलीले एक विकेट लिएका छन् ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.