default_image

1 year ago

December 2, 2022

आकाशको ह्याट्रिकमा फाइनलमा पुग्न सुदूरलाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आकाश चन्दको ह्याट्रिकमा बागमती प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १ सय २५ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमती २८.४ ओभरमा १ सय २४ रनमा अल आउट भयो । बागमतीका सक्षम बास्ताकोटीले ८२ बलमा ५ चौकासहित ३३ […]

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आकाश चन्दको ह्याट्रिकमा बागमती प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १ सय २५ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमती २८.४ ओभरमा १ सय २४ रनमा अल आउट भयो । बागमतीका सक्षम बास्ताकोटीले ८२ बलमा ५ चौकासहित ३३ रन बनाए । प्रतीक श्रेष्ठले ५० बलमा ३ चौका र ३ छक्कासहित ४४ रनमा आउट भए । रोशन विकले २४ बलमा १ चौका र ४ छक्कासहित ३६ रनमा अविजित रहे ।

एक समय बागमती २.५ ओभरमा ५–४ को दयनीय अवस्थामा पुगेको थियोा । पाँचौं विकेटका लागि प्रतिक श्रेष्ठ र सक्षमले ७८ रनको साझेदारी गरेपछि खेलमा फर्किएको थियो । छैटौं विकेटका लागि सक्षम र रोशन विकले ४१ रनको साझेदारी गरेपछि राम्रो योगफलको समभावना देखाएको थियो । तर बाँकी पाँच विकेट मात्रै एक रनमा गुमाएपछि सस्तैमा अल आउट भएको हो । एक समय बागमती २७.२ ओभरमा १२३–५ को अवस्थामा थियो ।

नरेन साउदले सक्षमलाई विकेटकिपर सुनिल चन्दबाट क्याच गराएपछि एक रन जोड्न पाँच विकेट गुमाएको थियो । पाँचौं बलमा ओमकार यादव शून्यमा आउट भए । आकाशले २९ औं ओभरको दोस्रो बलमा सक्रिय कार्कीलाई शून्यमा एलबीडब्लू आउट गरे । तेस्रो बलमा अभिषेक कोइराला शून्यमा बोल्ड भए । अहमद राजालाई चौथो बलमा बोल्ड गर्दै जारी प्रतियोगितामा ह्याट्रिक लिने पहिलो खेलाडी बनेका हुन् ।

त्यसअघि हेमन्त धामीले सानदार सुरुवात दिलाए । दोस्रो ओभरको दोस्रो बलमा लक्की कठायतलाई आकाशले शून्यमा क्याच गराए । तेस्रो ओभरमा हेमन्तले उत्तम थापामगरलाई तीन रनमा क्याच गराए । लगत्तै तेस्रो बलमा अशोक पौडेल शून्यमा एलबीडब्लू आउट भए । पाँचौं बलमा योगेश भाट बोल्ड भएपछि २.५ ओभरमा ५–४ को दयनीय अवस्थामा पुगेको थियो ।

सुदूरका आकाश चन्दले ५.४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ४ विकेट लिए । हेमन्त धामीले ५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए । नरेन साउदले दुई र युवराज खत्रीले एक विकेट लिए । सुदूर यस खेलमा विजयी हुँदा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ । पराजित भएमा भने नेटरनरेटमा भरपर्नुपर्ने हुन्छ ।

April 26, 2024

ब्रेन्सटोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी ब्रेन्सटोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि ब्रेन्सटोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा ब्रेन्सटोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.