default_image

1 year ago

December 2, 2022

ज्ञानेन्द्रको ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् । ज्ञानेन्द्र नामिबियाविरुद्ध ९४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनमा आउट भए । ज्ञानेन्द्र तीव्र गतिका बलर टांगेनी लंगामेनीको बलमा एज लागेर विकेटकिपर जानी ग्रीनबाट क्याच आउट भए । ज्ञानेन्द्रको […]

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् ।

ज्ञानेन्द्र नामिबियाविरुद्ध ९४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनमा आउट भए । ज्ञानेन्द्र तीव्र गतिका बलर टांगेनी लंगामेनीको बलमा एज लागेर विकेटकिपर जानी ग्रीनबाट क्याच आउट भए । ज्ञानेन्द्रको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो ।

ज्ञानेन्द्र नेपालबाट ओडिआईमा सर्वाधिक ६ अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । ज्ञानेन्द्रपछि नेपालबाट आसिफ शेख र रोहित पौडेलले ५–५ अर्धशतक प्रहार गरेका छन् ।

यो ज्ञानेन्द्रको ओडिआई करिअरको उच्च प्रदर्शन हो । ज्ञानेन्द्रले दुई साताअघि युएईसँग तेस्रो ओडिआई खेलमा घरेलु मैदान टियुमा ६४ रनको इनिङ खेलेका थिए । त्यो नै उच्च प्रदर्शन थियो । ज्ञानेन्द्र ओडिआईमा नेपालबाट पहिलो अर्धशतक हान्ने खेलाडी हुन् ।

ज्ञानेन्द्रले नेपालको ओडिआई डेब्यू खेलमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ५१ रनको इनिङ खेलेका थिए । २०२० को फेब्रुअरीमा ज्ञानेन्द्रले टियु मैदानमा ओमानविरुद्ध ५६ रन जोडेका थिए । गतवर्ष अल अमरेतमा अमेरिकाविरुद्ध ५५ र ओमानविरुद्ध ५२ रनको लगातार अर्धशतकीय इनिङ खेलेका थिए ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.