default_image

1 year ago

December 3, 2022

पाकिस्तानविरुद्ध इंग्ल्यान्ड: रनको वर्षा, तीन दिनमै ७ शतक

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलमा रनको वर्षा हुनेक्रममा तीन दिनमै ७ शतक बनेको छ । पहिलो दिन क्रिकेट इतिहासमै पहिलो पटक चार शतक बन्दा तेस्रो दिन थप तीन शतक बनेका छन् । घरेलु टोली पाकिस्तान तेस्रो दिनको समाप्तिमा पहिलो इनिङमा ४९९–७ को अवस्थामा छ । पाकिस्तान पहिलो इनिङमा अझै १ […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलमा रनको वर्षा हुनेक्रममा तीन दिनमै ७ शतक बनेको छ । पहिलो दिन क्रिकेट इतिहासमै पहिलो पटक चार शतक बन्दा तेस्रो दिन थप तीन शतक बनेका छन् ।

घरेलु टोली पाकिस्तान तेस्रो दिनको समाप्तिमा पहिलो इनिङमा ४९९–७ को अवस्थामा छ । पाकिस्तान पहिलो इनिङमा अझै १ सय ५८ रनले पछि छ । पाकिस्तानका अघा सलमान १० र जहिद मोहम्मद १ रनमा क्रिजमा छन् ।

कप्तान बाबर आजम १ सय ६८ बलमा १९ चौका र १ छक्कासहित १ सय ३६ रनमा आउट भए । बाबरको टेस्ट करिअरको यो ८ औं शतक हो । बाबर तेस्रो दिन अन्तिम सेसनमा स्पिनर विल ज्याक्सको बलमा ज्याक लेचबाट क्याच आउट भए ।

पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक र इमाम उल हकले पहिलो विकेटका लागि २ सय २५ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । इमाम उल हक २ सय ७ बलमा १५ चौका र २ छक्कासहित १ सय २१ रनमा आउट भए । अब्दुल्लाह शफिक २ सय ३ बलमा १३ चौका र ३ छक्कासहित १ सय १४ रनमा आउट भए ।

अजहर अली २७, साउद सकिल ३७ र मोहम्मद रिजवान २९ रनमा आउट भए । इंग्ल्यान्डका विल ज्याक्सले तीन, ज्याक लेचले दुई, जेम्श एन्डरसन र ओली रोविन्सनले एक एक विकेट लिएका छन् ।

रनको वर्षा हुनेक्रममा तीन दीनै टेस्ट क्रिकेटमा दुबै टोलीको पहिलो इनिङमा मात्रै १ हजार १ सय ५६ रन बनि सकेको छ ।

त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड पहिलो इनिङमा ६ सय ५७ रनमा अल आउट भयो ।

विशाल योगफल बनाउन इंग्ल्यान्डका चार ब्याटरले सानदार शतक प्रहार गरे । इंग्ल्यान्डका युवा स्टार ह्यारी ब्रुकले १ सय १६ बलमा १९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ५३ रनको सानदार शतकीय इनिङ खेले ।

इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा ७५ ओभरमा ४ विकेट गुमाउँदै ५ सय ६ रन बनाउँदै इतिहास रचेको थियो । इंग्ल्यान्ड टेस्ट क्रिकेट इतिहासमा पहिलो दिननै ५ सय रन बनाउने पहिलो टोली बनेको थियो । यस अघि टेस्टमा पहिलो दिन अष्ट्रेलियाले सन् १९१० मा दक्षिण अफ्रिकाविरुद्ध सिड्नीमा ४ सय ९४ रन बनाएको थियो । इंग्ल्यान्डले १ सय १२ वर्ष पूरानो कीर्तिमान तोड्दै नयाँ इतिहास रचेको छ ।

टेस्ट क्रिकेट इतिहासमा पहिलो दिननै चार शतक पनि पहिलो पटक बनेको हो । इंग्ल्यान्डलाई ओपनर ज्याक क्रली र बेन डकेटले पहिलो विकेटका लागि मात्रै ३५।४ ओभरमा २ सय ३३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए । ज्याक क्रली १ सय ११ बलमा २१ चौकासहित १ सय २२ रनमा हरिस रौफको बलमा बोल्ड भए । क्रलीले ८६ बलमा टेस्ट करिअरको तेस्रो शतक पूरा गरेका थिए ।

बेन डकेट १ सय १० बलमा १५ चौकासहित १ सय ७ रनमा आउट भए । डकेटले १ सय ५ बलमा टेस्ट करिअरको पहिलो शतक पूरा गरे । ओली पोप १ सय ४ बलमा १४ चौकासहित १ सय ८ रनमा आउट भए । पोपले ९० बलमा आफ्नो टेस्ट करिअरको तेस्रो शतक हो । तेस्रो विकेटका लागि ओली पोप र ह्यारी ब्रुकले १ सय ७६ रनको शतकीय इनिङ खेले ।

कप्तान बेन स्टोक्स १८ बलमा ६ चौका र २ छक्कासहित ४१, लियाम लिभिङस्टोन ९, विल ज्याक्स ३० र ओली रोविन्सनले ३७ रनको योगदान दिए । पाकिस्तानका स्पिनर जहिद मोहम्मदले सर्वाधिक चार विकेट लिए । नसिम शाहले तीन, मोहम्मद अलीले दुई र हरिस रौफले एक विकेट लिए ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.