default_image

3 years ago

December 5, 2022

नेपालले स्कटल्यान्डसँग हार्नुको प्रमुख पाँच कारण

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित हुन पुग्यो । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका सागर ढकाल, ललित नारायण राजवंशी र गुलशन झाले दुई दई विकेट लिए । त्यसअघि नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । नेपालका गुलशन झाले २९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए ।ज्ञानेन्द्र मल्ल ३९ बलमा ३ चौकासहित २५ रनमा आउट भए ।

नेपालले अव बुधबार नामिबिया र बिहीबार स्कटल्यान्डसँग खेल्नेछ । नेपालले स्कटल्यान्डसँग हार्नुमा खेलाडीसँगै प्रशिक्षक, कप्तान र टिम म्यानेजमेन्ट सबैको ठूलो गल्ती छ । नेपालको हारका प्रमुख पाँच कारण यस प्रकार छन् ।

५.दबाब र कन्डिसन अनुसार खेल्न नसक्नु

नेपालको प्लेइङ–११ मा नौं नम्बर सम्म ब्याटिङक्रम छ । तर प्रदर्शन चाहिँ ५–६ नम्बरमा निर्भर भएजस्तो छ । नेपालका कुनैपनि ब्याटर दबाबमा खुलेर खेल्न सेकनन् । क्रिजमा जमेर धैर्यता देखाउन सकेनन् ।

लगातार विकेट गुम्दा एउटा राम्रो साझेदारीको आवश्यक पर्दछ । जुन नेपाली ब्याटरमा देखिएन । खराब प्रदर्शनपछि खेलमा फर्किने आधार नै एउटा राम्रो साझेदारी हो । त्यसतर्फ कुनैपनि ब्याटरले ध्यान दिएनन् ।

अर्कोतर्फ नेपाली ब्याटरले कन्डिसन अनुसार खेल्न सकेका छैनन् । इंग्लिस कन्डिसन एसियन टोलीका लागि सधैं कठिन मानिन्छ । जे जस्तो भएपनि ब्याटरहरु कन्डिसन अनुसार रन बनाउन सक्नुपर्छ । पिच र विपक्षीलाई बुझेर रन बनाउन सकेमात्रै राम्रो योगफलमा पुग्न सकिन्छ । तर नेपालबाट त्यस्तो हुन सकेन ।

४.अर्जुनको रन आउट

क्रिकेटमा रन आउट सधैं घातक बन्छ । दोस्रो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ३७ रनको साझेदारी गर्दै खेलमा फर्किने सम्भावना देखाएका थिए ।

क्रिजमा केहि समय लिएपछि रनको गति बढ्न थालेकोे थियो । तर एक रन लिनेक्रममा अर्जुन साउद कप्तान रिची बेरिङ्टनको थ्रोमा विकेटकिपर म्याथ्यु क्रसबाट रन आउट भए ।

अर्जुन रन आउट हुनुअघि नेपाल ४४–१ को अवस्थामा थियो । अर्जुन र ज्ञानेन्द्र दुबैले मैदान र विपक्षी बलरबारे राम्रोसँग बुझेका थिए । यी दुई खेलाडीले एउटा राम्रो साझेदारी गर्दा खेलमा नेपाल हाबी हुन सक्थ्यो । राम्रो साझेदारीले अन्य ब्याटर खुलेर खेल्न सक्थें । तर कुशल समयमा अर्जुन रन आउट भए ।

स्कटल्यान्डका बलर विकेट लिन नसकी रहेको अवस्थामा रन आउट हुनु ठूलो भारी पर्यो । त्यसैले नेपाल ४४-१ बाट ८३-६ को दयनीय अवस्थामा पुगेको थियो । सेट भई सकेको अवस्थामा रन आउट हुनु हारको एक कारण हो । त्यो पिचमा नयाँ ब्याटरलाई खेल्न सहज देखिदैन ।

३. एकै ओभरमा लगातार दुई विकेट जानु

एक समय नेपाल २३ ओभरमा ८०–३ को अवस्थामा थियो । प्राय नेपाली क्रिकेटको सुरुवात यस्तै हुने गर्दछ । यो अवस्थामा नेपाललाई एउटा राम्रो साझेदारीको आवश्यक थियो । क्रिजमा आरिफ शेख र रोहित पौडेल थिए । प्रमुख ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी आउनै बाँकी थियो ।

तर तीव्र गतिका बलर क्रिस सोलले २४ औं ओभरको सुरुवाती दुई बलमा लगातार विकेट लिँदै स्कटल्यान्डको जितको टर्निङ प्वाइन्ट बनाए । सोलको २४ औं ओभरको पहिलो बलमा आरिफ शेख एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट आउट भए ।

लगत्तै अर्को बलमा कुशल भुर्तेल गोल्डेन डक पेभेलिएन फर्के । लगतार दुई विकेटले खेलको पुरै मोमेन्ट स्कटल्यान्डको पक्षमा गयो । स्कटल्यान्डको खेलाडीको मनोबल उच्च हुँदा अन्य नेपाली ब्याटर थप दबाबमा परे । नेपाल सस्तैमा अल आउट भयो । जुन योगफल बलरहरुको लागि पर्याप्त थिएन ।

२.खराब ब्याटिङ

ब्याटिङमा नेपालको कुनैपनि खेलाडीले ३० रन कटाउन सकेनन् । नेपालले ७ प्रमुख ब्याटर मैदान उतारेको थियो । करण र गुलशन अलराउन्डर हुँदा नौं विकल्प थिए ।

तर प्रमुख तीन ब्याटर आसिफ शेख ७, कुशल भुर्तेल गोल्डेन डक र दीपेन्द्रसिंह ऐरी ९ रनमा आउट भए । अर्जुन साउद १८, ज्ञानेन्द्र मल्ल २५, रोहित पौडेल १७ र आरिफ शेख १० रनमा आउट भए ।

नेपालको कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । सबै ब्याटरले खराब प्रदर्शन गरे । ओडिआई खेलमा दुई वा तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । ती खेलाडीलाई अन्यले साथ दिनुपर्छ ।

तर नेपालको तर्फबाट कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । खराब सट छनोट, धैर्यताको कमी र डट बलको समस्याले लगातार विकेट गुमाउन पुग्यो ।

१. भद्रगोल ब्याटिङक्रम

नेपालले खराब ब्याटिङ गर्नुको मुख्य कारण नै भद्रागोल ब्याटिङक्रम हो । यो हारको जिम्मेवारी खेलाडीसँगै प्रशिक्षक, कप्तान र टिम म्यानेजमेन्टले लिनुपर्छ । नेपालले ओपनरमा आसिफ शेख र अर्जुन साउदलाई निरन्तरता दियो । यी दुई ओपनर पुन असफल भए । प्रमुख ओपनर कुशल भुर्तेललाई छैटौं नम्बरमा खेलायो ।

ओपनरलाई फिनिसर र फिनिसरलाई ओपनरमा खेलाएको थियो । कुशल पावर प्ले राम्रो खेल्ने गर्दछन् । अर्जुन लगातार संघर्ष गर्दै आएका छन् । अर्जुन ओपनर भन्दा मध्यक्रम र तल्लोक्रममा तुलनात्मक रुपमा धेरै राम्रो खेल्ने गर्दछन् । नेपाली टोलीमा पर्नुअघि उनी घरेलु क्रिकेटमा मध्यक्रममै ब्याटिङ गर्दै आएका थिए ।

तेस्रो नम्बरमा ज्ञानेन्द्र र चौथो नम्बरमा रोहित पौडेललाई मैदान उतारेको थियो । यसअघि छैटौं नम्बरमा ब्याटिङ गर्ने आरिफ शेखलाई नामिबियामा दुबै खेलमा पाँचौं नम्बरमा मैदान उतार्यो । प्रमुख दुई ब्याटरलाई नेपालले छैटौं र सातौं नम्बरमा खेलाएको थियो । प्रमुख खेलाडी जहिले पनि शीर्ष चार भित्र मैदान उतार्नु पर्छ ।

चौथो नम्बरमा ब्याटिङ गर्दै आएका दीपेन्द्रलाई सातौं नम्बरमा खेलाउने निर्णय आफैंमा लज्जास्पद थियो । नेपालको टोलीमा ब्याटिङक्रम नै मिलेको छैन । भद्रागोल ब्याटिङक्रम छ । प्रशिक्षकले आफूलाई जहाँ मन लाग्यो खेलाडीलाई त्यहिँ खेलाएका छन् । कुशल र दीपेन्द्रलाई फिनिसर बनाउन भन्दा त बरु आदिल अन्सारीलाई टिममा लगएर गएको उत्कृष्ट हुन्थ्यो ।

कुनैपनि खेलाडीको ब्याटिङक्रम परिवर्तनसँगै प्रदर्शनमा असर पर्छ । ब्याटिङक्रम अनुसार प्रदर्शन गर्नुपर्ने हुन्छ । त्यसको लागि भिन्दै तयारी र योजना बनाउनु पर्ने हुन्छ । नेपालको हारको मुख्य कारण भद्रगोल ब्याटिङक्रम हो । यो सुधार विना राम्रो प्रदर्शन हुन कठिन देखिन्छ । अर्कोतर्फ नेपालले दुई स्पिनर मैदान उतारेको छ ।

नामिबियाको पिच तीव्र गतिका बलरलाई बढी फाइदाजनक हुन्छ । सोमपाल कामीलाई बेन्चमा राख्नु आफैंमा आश्चर्य छ । नेपालको प्लेइङ ११ सन्तुलित बनाउन आवश्यक पर्दछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.