default_image

1 year ago

December 10, 2022

किशनको दोहोरो शतकमा भारतको विशाल जित

एजेन्सी – ओपनर ईशान किशनको कीर्तमानी दोहोरो शतकमा भारतले तेस्रो ओडिआई खेलमा घरेलु टोली बंगलादेशमाथि २ सय २७ रनको विशाल जित हात पार्दै क्लिनस्विप हुनबाट बचेको छ । हारका बाबजुद बंगलादेशले सिरिज २–१ ले जितेको छ । जितको लागि ४ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ३४ ओभरमा १ सय ८२ रनमा अल […]

72 views

0 Bookmark

एजेन्सी – ओपनर ईशान किशनको कीर्तमानी दोहोरो शतकमा भारतले तेस्रो ओडिआई खेलमा घरेलु टोली बंगलादेशमाथि २ सय २७ रनको विशाल जित हात पार्दै क्लिनस्विप हुनबाट बचेको छ । हारका बाबजुद बंगलादेशले सिरिज २–१ ले जितेको छ ।

जितको लागि ४ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ३४ ओभरमा १ सय ८२ रनमा अल आउट भयो । बंगलादेशका लागि सकिब अल हसनले ५० बलमा ४ चौकासहित सर्वाधक ४३ रन बनाए ।

कप्तान लिटन दास २६ बलमा ४ चौका र १ छक्कासहित २९, यासिर अलि २५, महमुहूदुल्लाह रियाद २०, तस्किन अहमद १७ र मुस्ताफिजुर रहमानले १३ रन बनाए ।

भारतका शार्दुल ठाकुरले ५ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । अक्षर पटेल र उमरान मलिकले दुई दुई विकेट लिए । मोहम्मद शिराज, कुलदीप यादव र वासिन्टन सुन्दरले एक एक विकेट लिए ।

त्यसअघि जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ४ सय ९ रन बनाएको थियो । भारतका ईशान किशनले १ सय ३१ बलमा २४ चौका र १० छक्कासहित २ सय १० रनको विष्फोटक दोहोरो शतकीय इनिङ खेले ।

किशनले १ सय २६ बलमा २३ चौका र ९ छक्कासहित करिअरको पहिलो दोहोरो शतक हाने । सुरुवाती दुई खेलमा बंगलादेशसँग पराजित भएपछि भारतले यस सिरिजमा किशनलाई मौका दिएको थियो । किशनले कप्तान रोहित शर्मा घाईते भएपछि मौका पाएका थिए ।

किशनले त्यसको भरपूर्ण फाइदा उठाउँदै सानदार दोहोरो शतक हाने । ईशान किशनले वेस्टइन्डिजका विष्फोटक ब्याटर क्रिस गेलको २०१५ मा जिम्बावेविरुद्ध १ सय ३८ बलमा हानेको दोहोरो शतकको कीर्तिमान तोडे । ईशान भारतीय क्रिकेटमा ओडिआईमा रोहित शर्मा, सचिन्द तेन्दुलकर र विरेन्द्र सहवागपछि दोहोरो शतक प्रहार चौथो खेलाडी हुन् ।

भारतका रोहित शर्माले ओडिआईमा सर्वाधिक तीन पटक दोहोरो शतक प्रहार गरेका छन् । रोहितले ओडिआई इतिहासकै सर्वाधिक २ सय ६४ रन श्रीलंकाविरुद्ध २०१४ मा प्रहार गरेका थिए । ईशान किशनले सुरुवाती ४९ बलमा मात्रै ५० रन जोडेका थिए । पहिलो ५० रन पूरा गर्न उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

५० रन पछि किशनले खेल्ने शैली परिवर्तन गरे । ८५ बलमा १४ चौका र २ छक्का हान्दै करिअरको शतक पूरा गरेका थिए । किशनले १ सय ३ बलमा १६ चौका र ८ छक्कासहित १ सय ५० रन पूरा गरेका थिए । रोहित शर्मा, सचिन तेन्दुलकर, क्रिस गेल, मार्टिन गुप्टिल, विरेन्द्र सहवाग र फखार जमानले दोहोरो शतक प्रहार गरेका थिए ।

विराट कोहली ९१ बलमा ११ चौका र २ छक्कासहित १ सय १३ रनमा आउट भए । कोहलीको यो ओडिआई करिअरको ४४ औं शतक हो । ओपनर शिखर धवन ३ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि कोहली र ईशान किशनले २ सय ९० रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

श्रेयस ऐर ३, लोकेश राहुल ८, वासिन्टन सुन्दर ३७ र अक्षर पटेल २० रन बनाए । बंगलादेशका तस्किन अहमद, इदाबेत हुसेन र सकिब अल हसनले दुई दुई विकेट लिए । बंगलादेश पहिलोे खेलमा १ विकेट र दोस्रो खेलमा ५ रनले विजयी भएको थियो । भारत र बंगलादेशबीच दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो खेल १४ डिसेम्बरदेखि सुरु हुनेछ ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.