default_image

1 year ago

December 12, 2022

प्रभाकर नेपालको प्रशिक्षक नरहने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर पदबाट हट्ने भएका छन् । स्रोतका अनुसार प्रभाकर आजै भारत फर्कंदै छन् । त्यसपछि उनी नेपाल फर्कने छैनन् । टोलीको समीकरण भद्रगोल बनाएसँगै नतिजा पनि दिन नसकेपछि आपसी समझदारीमा प्रभाकर पदबाट हट्न लागेको बुझिएको छ । पछिल्लो समय नेपालको ब्याटिङक्रम र प्लेइङ ११ निकै […]

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर पदबाट हट्ने भएका छन् । स्रोतका अनुसार प्रभाकर आजै भारत फर्कंदै छन् । त्यसपछि उनी नेपाल फर्कने छैनन् ।

टोलीको समीकरण भद्रगोल बनाएसँगै नतिजा पनि दिन नसकेपछि आपसी समझदारीमा प्रभाकर पदबाट हट्न लागेको बुझिएको छ । पछिल्लो समय नेपालको ब्याटिङक्रम र प्लेइङ ११ निकै भद्रगोल बनेको छ । लगातार टोलीमा परिवर्तन गर्दा नतिजा झनै खराब भएपछि उनी दबाबमा थिए । क्यानसँग छलफल गरेसँगै उनी अब नेपाल नफर्कने बुझिएको छ ।

प्रभाकरको आगमनपछि राष्ट्रिय टोलीको नतिजा झनै खराब भएको छ । आइसिसी विश्वकप लिग–२ मा यसै साता उनले उतारेको प्लेइङ–११, ब्याटिङक्रम र खेलाडी छनोटलाई लिएर चर्को आलोचना भएको थियो । त्यसअघि घरेलु मैदानमा भएको युएईसँगको तीन ओडिआई खेलको सिरिजमा पनि खेलाडी र प्रशिक्षकबीच राम्रो सम्बन्ध देखिएको थिएन ।

अगष्ट अन्तिममा नेपालले केन्या भ्रमण गर्दा आरिफ शेखसहित केहि खेलाडी र प्रभाकरबीच झगडानै भएको बताइन्छ । त्यसैको कारण युएईसँगको पहिलो खेलमा आरिफलाई बेन्चमा राखेका थिए । दोस्रो खेलमा नेपाललाई जिताएपछि आरिफले ब्याट देखाउँदै सेलेब्रेसन गरेका थिए । त्यो सेलेब्रेसनपछि पनि प्रभाकरले आरिफलाई टोलीमा राख्न नहुने तर्क राखेको बताइन्छ ।
प्रभाकरले खेलाडी भित्रै विवाद रहेको पनि बताएका थिए ।

प्रभाकरको आगमनअघि उच्च प्रदर्शन गर्दै आएका आदिल अन्सारीले पछिल्लो समय कुनै खेलमा मौका पाएनन् । नामिबिया भ्रमणमा आदिललाई टोलीबाटै बाहिर राखेका थिए । प्रभाकरले नेपाली क्रिकेट टोलीका प्रमुख बलर सोमपाल कामी र करण केसीलाई समेत बेन्चमा राख्दै आएका छन् । ओपनर कुशल भुर्तेललाई सातौ नम्बरमा ब्याटिङ गराउँदै आएका छन् । नामिबिया भ्रमणमा करण केसीलाई बाहिर राख्न खोजेपनि क्यानले आफैं उनलाई टोलीमा राखेर पठाएको थियो ।

पुबुदु दासानायकेले छाडेपछि नेपालले गत साउनमा प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । प्रभाकर यसैपनि क्रिकेट जगतमा विवादित नाम हुन् । रुखो स्वभावका प्रभाकर लगातार आलोचनामा पर्दै आएका छन् । सन् २०११/१२ को रणजी ट्रफीको सिजन सुरु हुन दुई दिनअघि दिल्लीले उनलाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो । खेलाडी र छनोटकर्ताकै आग्रहमा दिल्लीले उनलाई हटाएको थियो । त्यस समय दिल्लीका प्रमुख ब्याटर शिखर धवन र उनमुक्त चन्दको क्षमता बारे टिप्पणी गरेका थिए ।

को हुन् प्रभाकर ?

प्रभाकर भारतीय क्रिकेटमा आफ्नो समयका चर्चित अलराउन्डर थिए । प्रभाकारले भारतबाट ३९ टेस्ट, १ सय ३० ओडिआई, १ सय ५४ प्रथम श्रेणी र २ सय १४ लिष्ट ए खेलेका छन् ।

प्रभाकरले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीन विश्वकप खेलेका थिए । १९८७ को विश्वकपमा भारतलाई सेमिफाइनल सम्म पुर्याउन उनको प्रदर्शन सानदार थियो । १९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि उनको करिअरको पूर्णविराम लागेको थियो ।

आफ्नो समयमा विश्व क्रिकेटकै सर्वाधिक विष्फोटक ब्याटरको रुपमा चर्चित सनाथ जयसूर्याले तेस्रो ओभरमै प्रभाकरलाई २२ रन प्रहार गरेपछि उनको करिअर त्यहिबाट सकिएको थियो । त्यो खेलपछि भारतको टोलीमा उनले पुन मौका पाएनन् । त्यसैले उनलाई जयसूर्याले करिअर सकाएका अलराउन्डर समेत भन्ने गरिन्छ ।

प्रभाकर भारतीय क्रिकेटमा विवादित नाम हुन् । उनलाई वेस्टइन्डिजसँगको खेलको क्रममा म्याच फिक्सिङ गरेको भन्दै बिसिसिआईले २००० मा भारतमा क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो । उनले गावस्कार, कपिल देव, नवजोत सिंह सिन्धु र मोरेले ड्रेसिङ रुपमा म्याच फिक्सिङ गर्ने आरोप लगाएका थिए । ६ वर्षपछि उनको प्रतिबन्ध हटेको थियो ।

सन् २००९/१० मा उनी राजस्थानको मुख्य प्रशिक्षक बनेका थिए । उनले २०१५ देखि २०१६ मा भारतमा भएको टि२० विश्वकपसम्म अफगानिस्तानको बलिङ प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.