default_image

1 year ago

December 14, 2022

डेब्यूमै सचिनका छोरा अर्जुनको शतक

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकरका छोरा अर्जुनले रणजी ट्रफीमा गोवाबाट राजस्थानविरुद्ध शतक हानेका छन् । भारतको सर्वाधिक लोकप्रिय घरेलु प्रयितोगिता रणजी ट्रफीमा गोवाले दोस्रो दिन खेल चलि रहँदा १४४ ओभरमा ६ विकेट गुमाउँदै ४ सय २२ रन बनाएको छ । प्रथम श्रेणीको डेब्यू खेल खेलेका अर्जुनले २ सय ७ […]

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकरका छोरा अर्जुनले रणजी ट्रफीमा गोवाबाट राजस्थानविरुद्ध शतक हानेका छन् । भारतको सर्वाधिक लोकप्रिय घरेलु प्रयितोगिता रणजी ट्रफीमा गोवाले दोस्रो दिन खेल चलि रहँदा १४४ ओभरमा ६ विकेट गुमाउँदै ४ सय २२ रन बनाएको छ ।

प्रथम श्रेणीको डेब्यू खेल खेलेका अर्जुनले २ सय ७ बलमा १६ चौका र २ छक्कासहित १ सय २० रनमा आउट भए । अर्जुन तीव्र गतिका बलर कमलेश नगरकोटीको बलमा कट एण्ड बोल्ड आउट भएका छन् ।

अर्जुनको यो करिअरको पहिलो शतक हो । बायाँ हाते तीव्र गतिका बलिङ अलराउन्डर रहेका अर्जुनले डेब्यू इनिङमै शतक हानेका हुन् । छैटौं विकेटका लागि अर्जुन र सुवास प्रभुदेशाईले २ सय २१ रनको साझेदारी गरि रहेका छन् । सवास ३ सय ६८ बलमा २५ चौकासहित १ सय ७५ रनमा अविजित छन् ।

सचिनले पनि रणजीको डेब्यू खेलमै सन् १९८८ बम्बईबाट गुजरातविरुद्ध शतक हानेका थिए । दुई महिना अघि अर्जुनले शैद मुश्ताक अली ट्रफीमा गोवाबाट हैदराबादविरुद्ध सानदार बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिएका थिए । अर्जुनको यो टि२० करिअरको उच्च प्रदर्शन थियो ।

यसअघि घरेलु क्रिकेट मुम्बईबाट खेलेपनि त्यहाँ पर्याप्त अवसर नपाउँदा अर्जुनले यस सिजनदेखि गोवाबाट खेल्ने निर्णय लिएका हुन् । गोवा गएसँगै अर्जुनले बल र ब्याट दुबैमा आफ्नो प्रभाव जमाउन थालेका छन् ।

अर्जुन इन्डियन प्रिमियर लिग (आइपिएल) मा पछिल्ला दुई सिजनमा मुम्बई इन्डियन्समा रहेपनि डेब्यूको अवसर पाएका छैनन् । अर्जुन आइपिएल २०२३ को लागि मुम्बईको टोलीमै छन् । उनलाई गत वर्ष अक्सनमा मुम्बईले ३० लाख भारुमा किनेको थियो ।

न्यूनतम मूल्य २० लाख भारु राखेका अर्जुनलाई किन्न गुजरात जायन्टले पनि रुचि देखाएापछि ३० लाखमा बिकेका थिए । भारतले अर्जुनलाई नेट बलरको रुपमा पनि प्रयोग गर्दै आएको छ । अर्जुनले भारतीय य–ू१९ टोलीबाट पनि खेलि सकेका छन् ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.