default_image

1 year ago

December 15, 2022

विलियम्सनले टेस्ट कप्तानी छाडे

एजेन्सी– न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान केन विलियम्सनले टेस्टको नेतृत्व छाड्ने भएका छन् । साविक विजेता न्युजिल्यान्ड आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ मा फाइनल दौडबाट बाहिरिएपछि विलियम्सनले पद छाड्ने निर्णय लिएका छन् । विलियम्सन न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान हुन् । उनको कप्तानीमा न्युजिल्यान्डले ४० टेस्ट खेलमा २० मा जित, ८ ड्र र १० खेलमा पराजित भएको […]

183 views

0 Bookmark

एजेन्सी– न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान केन विलियम्सनले टेस्टको नेतृत्व छाड्ने भएका छन् । साविक विजेता न्युजिल्यान्ड आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ मा फाइनल दौडबाट बाहिरिएपछि विलियम्सनले पद छाड्ने निर्णय लिएका छन् ।

विलियम्सन न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान हुन् । उनको कप्तानीमा न्युजिल्यान्डले ४० टेस्ट खेलमा २० मा जित, ८ ड्र र १० खेलमा पराजित भएको छ । विलियम्सनको कप्तानीमा गत वर्ष साउथह्याप्टनमा न्युजिल्यान्डले फाइनलमा भारतलाई ८ विकेटले हराउँदै पहिलो पटक भएको विश्वकप टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो ।

विलियम्सनले टि२० आई र ओडिआईमा भने कप्तानी गर्ने छन् । विलियम्सनले २०२३ मा भारतमा हुने एकदिवसीय र २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा केन्द्रित हुने बताएका छन् ।

न्युजिल्यान्डले पाकिस्तान भ्रमण गर्नुअघि विलियम्सनले टेस्ट कप्तानी छाडेका हुन् । न्युजिल्यान्डको टेस्ट कप्तानी टिम साउथीले गर्ने छन् । पाकिस्तान र न्युजिल्यान्डबीच दुई टेस्ट र तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो टेस्ट खेल २६ डिसेम्बर देखि सुरु हुनेछ । टेस्ट खेल भने विलियम्सनले खेल्नेछन् ।

विलियम्सनको कप्तानीमा न्युजिल्यान्ड २०१९ को विश्वकप फाइनलमा इंग्ल्यान्डसँग सुपर ओभर पनि टाई भएपछि बाउन्ड्री काउन्टको आधारमा पराजित भएको थियो ।

२०२१ को टि२० विश्वकपमा फाइनलमा अष्ट्रेलियासँग ८ विकेट र यस वर्षको विश्वकप सेमिफाइनलमा पाकिस्तानसँग पराजित भएको थियो । विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले सानदार प्रदर्शन गर्दै आएको छ । २०१६ मा ब्रेन्डन म्याकुलमले नेतृत्व छाडेपछि विलियम्सनले सम्हाल्दै आएका थिए ।

आइसिसी विश्व टेस्ट च्याम्पियनसिपमा न्युजिल्यान्ड ९ खेलमा २ जितक साथ आठौं स्थानमा छ । फाइनल यात्राबाट न्युजिल्यान्ड बाहिरि सकेको छ । अष्ट्रेलिया १२ खेलमा ८ मा जितसहित शीर्ष स्थानमा छ ।

दक्षिण अफ्रिका १० खेलमा ६ मा जितका साथ दोस्रो स्थानमा छ । श्रीलंका १० खेलमा ६ मा जितका साथ तेस्रो स्थानमा छ । भारत १२ खेलमा ६ मा जितका साथ चौथो स्थानमा छ । ९ देश सहभागी यस विश्व टेस्ट च्याम्पियनसिपमा शीर्ष दुई टोलीले आगमी वर्ष फाइनल खेल्नेछन् ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.