default_image

3 years ago

December 17, 2022

३० महिनामै सिनियर टोलीमा पाँच प्रशिक्षक

261 views

0 Bookmark

भुपेन्द्र जि.सी. काठमाडौं

कुनैपनि टोलीको नतिजा प्रशिक्षकको कार्यकाललाई हेरेर अनुमान गर्न सकिन्छ । जहाँ प्रशिक्षकले लामो समय बिताएका हुन्छन् त्यो टोलीले नतिजा राम्रो मानिन्छ । खराब प्रदर्शनसँगै प्रशिक्षक पनि लगातार परिवर्तन हुने गर्दछ । प्रशिक्षकले आफ्नो रणनीति अनुसार खेलाडी टिममा राख्ने गर्दछन् । जसले खेलाडी प्रयोगमा पनि झनै अस्थिरता बढ्छ ।

पछिल्लो समय नेपाली क्रिकेट टोलीको खराब प्रदर्शन र अस्थिर मुख्य प्रशिक्षक सबैभन्दा टाउको दुखाईका विषय हुन् । कुनैपनि प्रशिक्षक नेपाली क्रिकेटमा सम्झौता अनुसार टिक्न सकेका छैनन् । निरन्तर फेरबदलले त्यसको असर प्रदर्शन र टोली छनोटमा देखिन्छ ।

भारतीय मनोज प्रभाकरले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट चार महिनामै राजीनामा दिएका छन् । खराब प्रदर्शनको कारण क्यानले राजीनामा मागेको उनी पछिल्ला पाँच मध्य पहिलो प्रशिक्षक हुन् । खराब प्रदर्शन र सम्बन्ध तथा भद्रागोल ब्याटिङक्रमसँगै प्रभाकर नचाहँदा नचाहँदै राजीनामा दिन बाध्य भए ।

योसँगै नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीमा पछिल्लो साँढे दुई वर्षमा (३० महिना) पाँच प्रशिक्षक फेरिए । पछिल्ला पाँच प्रशिक्षकहरुको कार्यकाल, नतिजा र छोड्नुको कारण यसप्रकार छन् ।

५. उमेश पटवाल – ८ महिना

भारतीय प्रशिक्षक उमेश पटवाल २०७६ जेठ १८ मा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । तर आफ्नो पारिश्रमिकमा बढी कर लगाएको भन्दै माघ २० मा राजीनामा दिए । पटवालले आइसिसी विश्वकप लिग २ मा ओमान र अमेरिकासँग खेल्नु अघि राजीनामा दिएका थिए ।

पटवाल राष्ट्रिय खेलकुद परिषद (राखेप) र विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को समन्वयमा मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । त्यो समय क्यान आइसिसीको निलम्बनमा थियो । असोजमा क्यानमा नयाँ नेतृत्व आयो । माघमा पटवालले उनले राजीनामा दिएका थिए ।

पटवालको मुख्य प्रशिक्षकमा नेपालले सिंगापुरमा भएको टि२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रबाटै बाहिरिएको थियो । त्यो समय नेपाल सिंगापुरसँग ८२ रन र कतारसँग ४ विकेटले हार्दै लज्जास्पद प्रदर्शनका साथ बाहिरिएको थियो । उक्त हारपछि नेपाल विश्वकप खेल्न योग्य नभएको भन्ने पटवालले गैरजिम्मेवार जवाफ दिएका थिए ।

पटवालको मुख्य प्रशिक्षकमा नेपालले १३ औं सागमा कास्य पदक जितेको थियो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमान र अमेरिकासँग टियु मैदानमा भएको खेलसँगै छाडेका थिए । उनको प्रशिक्षकमा नेपालको प्रदर्शन र ब्याटिङ निकै खराब थियो । रुखो स्वभावका पटवाललाई नेपालका केहि खेलाडी भने राम्रो मान्ने गर्दछन् । उनले मासिक ७ हजार डल तलब पाउथें ।

४.जगत टमाटा – एक प्रतियोगिता

पटवालले राजीनामा दिएपछि क्यानले कार्यवाह प्रशिक्षकको रुपमा जगत टमाटालाई नियुक्त गर्यो । हुन त पटवाल आउनु अघि टमाटाले भण्डै चार वर्ष मुख्य प्रशिक्षककै रुपमा नेपाली क्रिकेटमा बिताएका थिए । क्यान निलम्बनपछि जगत टमाटाले २०१५ देखि २०१९ सम्म काम गरेका थिए ।

पटवाल नियुक्तपछि टमाटा बाहिर हुनु परेको थियो । टमाटाको मुख्य प्रशिक्षकमा नेपालले ऐतिहासिक ओडिआई मान्यता प्राप्त गर्यो । उनकै प्रशिक्षकमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ओडिआई जित, युएईसँग समान तीन ओडिआई खेल र टि२० आई सिरिजमा २–१ ले जित हात पारेको थियो ।

पटवाल गएपछि टमाटाको प्रशिक्षकमा नेपालले २०२० मार्चमा थाईल्यान्डमा गएर एसिसी इस्टर्न रिजन खेल्दै खराब प्रदर्शनका साथ बाहिरिएको थियो । उक्त प्रतियोगितामा नेपाल मलेसिया र हङकङसँग पराजित हुँदै पाँच देश सम्मिलित प्रतियोगितामा चौथो स्थानमा रहँदै बाहिरियो ।

साथै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर पहिलो चरणमै गुमाएको थियो । त्यसपछि कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट ठप्प भयो । पछि नेपालले देभ ह्वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्यो ।

३. डेभ ह्वाटमोर– ८ महिना

अष्ट्रेलियाका ह्वाटमोर नेपाली क्रिकेट इतिहासमा प्रशिक्षकको रुपमा काम गर्ने ठूला नाम हुन् । सन् १९९६ मा श्रीलंकालाई विश्वकप उपाधि जिताएका ह्वाटमोर २०७७ पुष २ नेपालको प्रशिक्षकमा नियुक्त भए । कोरोना महामारीको कारण उनले धेरै समय काम गर्न पाएनन् ।

छोटो समयमै उनले नेपाली ब्याटिङमा क्रान्तिकारी परिवर्तन ल्याउँदै असोजमा राजीनामा दिए र भारत लागे । माघमा नेपाल आएपनि ह्वाटमोरको प्रशिक्षकमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल वैशाखमा टियु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो ।

उक्त सिरिजमा नेपालले पाँच मध्य चार खेलमा जित हात पार्यो । नेदरल्यान्ड्सविरुद्ध फाइनलमा २ सय ३८ रन बनाउँदै सनसनी मच्चाएको थियो । लामो समय देखि ठूलो समस्या बनेको ओपनर जोडी उनले पहिलो प्रयासमै समाधान गरे । ओपनर कुशल भुर्तेलले पाँच मध्य चार खेलमा अर्धशतक प्रहार गरे । आसिफ र भुर्तेलको जोडी जमेको थियो । नेपालले आफ्नो क्रिकेट इतिहासकै एक सानदार ब्याटिङ प्रदर्शन गर्दै नयाँ आशा जगायो ।

ह्वाटमोरको आगमनले टोलीको मनोबल उच्च बन्यो । उनको प्रशिक्षकमा सट छनोट, डट बलमा कमी, आक्रामक ब्याटिङ, कमजोर ब्याटिङ सुधार, टिम सन्तुलन र उच्च मनोबलले नेपाली क्रिकेटमा देखिएका परिवर्तन थिए । तर असोजमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग खेल्नु अघि नै राजीनामा दिए ।

ओमान भ्रमणमा पपुवा न्युगिनीसँगको दुवै ओडिआई खेल जितेको थियो । ओमान र अमेरिकासँग समान एक एक खेलमा जित हात पारेको थियो । समग्रमा उनको प्रशिक्षकमा नेपालले ५ टि२० आई र ६ ओडिआई खेल खेल्यो । समान ४–४ खेलमा विजयी भएको थियो । भारतीय टोली बरोडाले नेपालले भन्दा झन्डै दोब्बर तलब दिएपछि उता गएका थिए ।

नेपालले १० हजार डलरमा नियुक्त गरेपनि विभिन्न कर गरि ३५ प्रतिशत तलब काटिन्थ्यो । पुष २ मा नियुक्त भएका ह्वाटमोरले भदौ १२ मा राजीनामा दिए । बरोडासँग पहिला नै सम्झौता गरेपनि एक वर्ष बेरोजगार हुने भएपछि नेपाल आएका थिए ।

२. पुबुद दासानायके – ७ महिना

पुबुद नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल प्रशिक्षक मध्यका एक हुन् । उनकै प्रशिक्षकमा नेपालले २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । ह्वाटमोरले राजीनामा दिएपछि पुबुदु २०७८ मंसिर २५ मा नेपाली क्रिकेटमा दोस्रो कार्यकालको रुपमा नियुक्त भए । तर दोस्रो कार्यकाल पुबुदुको पहिलो जस्तो रहेन ।

पुबुदुलाई दोस्रो कार्यकाल फलामको चिउरा चपाउन सरह कठिन थियो । खेलाडी स्पष्ट दुई गुटमा थिए । आइसिसी ग्लोबल टि२० विश्वकप छनोट ए मा शीर्ष दुईमा रहँदै विश्वकपमा पुग्नु पर्ने थियो । तर उनी आउँदा नेपालमा क्यान र केहि प्रमुख खेलाडीबीच निकै ठूलो लडाई चलेको थियो ।

दासानायके पुषमा नेपाल आए । त्यसबेला क्यानको कारवाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई समर्थन गर्दै अरु केहि खेलाडीले पनि प्रशिक्षणमै गएनन् । धेरै प्रयासपछि खेलाडी प्रशिक्षणमा आए । चार देश सम्मिलित सिरिजमा नेपालले तीन मध्य दुई खेलमा हार्यो । विश्वकप छनोटमा समूह चरणमा लगातार तीन जित हात पार्यो । तर सेमिफाइनलमा युएईसँग लज्जास्पद हारका साथ बाहिरियो ।

नेपालले युएईमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न गयो । युएईसँग दुबै खेल हार्दा पपुवा न्युगिनीलाई दुबै खेलमा हरायो ।

मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टि२० सिरिजमा सबै खेलमा जित हात पार्यो । पपुवा न्युगिनीसँग घरेलु मैदान टियुमा दुई ओडिआई खेलको सिरिजमा क्विनस्वीपको हार बेहोरेको थियो । ओडिआई सिरिजमा नेपालको पहिलो क्विनस्वीप हार थियो ।

नेपालले जिम्बावे ए सँग तीन टि२० अभ्यास खेल १–१ को बराबरीमा सक्यो । तीन एकदिवसिय अभ्यास खेल २–१ ले जित्यो । नेपाल जुनमा अमेरिका भ्रमण गर्यो । अमेरिका एक खेलमा जित, २ मा हार र एकमा टाइ भयो । स्कटल्यान्ड भ्रमणमा पनि खराब ब्याटिङले तीन खेल गुमायो ।

समग्रमा दासानायकेको प्रशिक्षणमा नेपालले १४ ओडिआईमध्य ९ मा हा, ४ मा जित र एक खेल बाराबरीमा सकायो । टि२० क्रिकेटमा १३ खेलमा १० मा जित र ३ मा हार बेहोर्यो ।

ओडिआईको १२ खेल विश्वकप लिग–२ का थिए । जसमा नेपालले ७ खेल हार्दै शीर्ष तीन लगभग गुमाइसकेको थियो । लगातार खराब प्रदर्शन र टिममा अपेक्षा अनुसार साथ नपाएपछि पुबुदुले २०७९ साउन ४ मा राजीनामा दिँदै क्यानडा लागे ।

१. मनोज प्रभाकर – चार महिना

पुबुदुले छाडेपछि नेपालले भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरलाई साउन २३ मा मुख्य प्रशिक्षकमा नियुक्त गर्यो । खेलाडी भीत्रको विवादले उनी नेपालको लागि प्रभावकारी हुन सक्ने अनुमान गरिएको थियो । तर त्यस विपरित भयो । नेपाली ब्याटिङक्रम झनै भद्रगोल बनाए ।

जसलाई जहाँ मन लाग्यो त्यहिँ खेलाए र मौका दिए । कति सम्म भने एकै खेलमा पाँच ओपनर र कुशल भुर्तेललाई सातौं नम्बरमा ब्याटिङ गराए । तर क्यानले उनको व्यहबार देखेर धेरै समय राख्न ठिक नदेखेपछि हटायो ।

प्रभाकरको प्रशिक्षकमा नेपाली टोलीको प्रदर्शन झनै खस्कियो । एकै पटक नेपालको प्लेइङ–११ मा पाँच ओपनर सम्म मैदान उतारेका थिए । ब्याटिङक्रम ध्वस्तसँगै नतिजा पनि त्यसै अनुसार रह्यो । खेलाडी र प्रशिक्षकबीच केन्या भ्रमणमा झगडा नै भयो । यी प्रशिक्षक हुँदा खेलाडी नखेल्ने सम्म अडान लिन लागे ।

प्रभारको प्रशिक्षकमा नेपालले मात्रै तीन सिरिज खेल्यो । केन्यासँगको पाँच टि२० आई सिरिज नेपालले ३–२ ले जित्यो । तीन एकदिवसीय अभ्यास खेलमा क्लिनस्विप गरेको थियो । त्यसपछि घरेलु मैदानमा युएईसँगको तीन ओडिआई खेलको सिरिज २–१ ले जित्यो ।

नामिबिया भ्रमणमा स्कटल्यान्ड र नामिबियासँग खेलेको चार मध्य तीन खेल हार्यो । एक खेल वर्षाको कारण प्रभावित भयो । खराब नतिजासँगै क्यानले उनलाई मंसिर २५ मा औपचारिक रुपमा बिदाइ गर्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.