default_image

1 year ago

December 17, 2022

पहिलो दिनमै १५ विकेट

73 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट खेलको पहिलो दिनमै तीव्र गतिका बलर हाबी हुँदा १५ विकेट पतन भएको छ । पहिलो दिनको खेल सकिँदा घरेलु टोली अष्ट्रेलिया ३३.१ ओभरमा १४५–५ को अवस्थामा छ ।

अष्ट्रेलिया पहिलो इनिङमा मात्रै ७ रनले पछि छ । पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका मध्यक्रमका ब्याटर ट्रविस हेड ७७ बलमा १३ चौका र १ छक्कासहित ७८ रनमा अविजित छन् ।

पहिलो दिन अन्तिम समय तिर प्रमुख ब्याटर स्टिभ स्मिथ ६८ बलमा ३ चौकासहित ३६ रनमा तीव्र गतिका बलर एनरिच नोर्कियाको बलमा बोल्ड आउट भए । इनिङको पहिलो बलमै डेविड वार्नर रोयल डक आउट भए ।

तीव्र गतिका बलर कागिसो रबाडाको बाउन्सर बलमा सट लेगमा खया जन्डोबाट एक हातले उत्कृष्ट क्याच आउटको शिकार भए । ओपनर उस्मान खवाजा र मार्नस लाबुसेन ११–११ रनमा आउट भए ।

खवाजा नोर्किया र लाबुसेन मार्को यानसनको बलमा आउट हुन पुगे । एक समय २७–३ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई स्टिभ स्मिथ र हेडले चौथो विकेटका लागि १ सय १७ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्कियाले दुई दुई विकेट लिएका छन् ।

त्यसअघि द गाब्बा ब्रिसबेनमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका १ सय ५२ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका विकेटकिपर काइल भेरेन ९६ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनमा आउट भए । टेम्बा बभुमाले ७० बलमा ३ चौकासहित ३८ रन जोडे ।

एक समय २७–४ को दयनीय अवस्थामा रहेपनि पाँचौं विकेटका लागि टेम्बा बभुमा र काइल भेरेनले ९८ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । तर त्यसपछि भने लगातार विकेट गुमायो । चोटबाट फर्किएका रास्सी भान डर डुसेन ५ रनमा आउट भए ।

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले तीन विकेट लिए । प्याट कमिन्स र स्कट बोलान्डले दुई दुई विकेट लिए । स्पिनर नाथन लायनले तीन विकेट लिए ।

पहिलो दिननै १५ विकेटको पतन हुन पुग्यो । १५ मध्य १२ विकेट तीव्र गतिका बलरले लिएका छन् । सिरिज तीन टेस्ट खेलको हुनेछ । सिरिज विजेता टोलीको आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा स्थान पक्कापक्की हुनेछ ।

अष्ट्रेलिया १२ खेलमा ८ मा जित निकाल्दै ७५ विजयी प्रतिशतका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका १० खेलमा ६ मा जितका साथ ६० विजयी प्रतिशतका साथ दोस्रो स्थानमा छ ।

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

May 15, 2024

बागमतीको पहिलो जित 

काठमाडौँ (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बागमतीले वर्षाले प्रभावित खेलमा जितविहिन कोशी प्रदेशलाई ८ विकेटले हराएको हो । ढिलो सुरुवात भएका कारण १३ ओभरमा घटाइएको खेलमा बागमतीले कोशीले पस्किएको ६४ रनको लक्ष्य ११.२ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.