default_image

1 year ago

December 17, 2022

भारतविरुद्ध बंगलादेशको प्रतिस्पर्धात्मक ब्याटिङ

एजेन्सी – डेब्यू खेल मै युवा ओपनर जाकिर हसनले शतक हानेपछि घरेलु टोली बंगलादेशले पहिलो टेस्ट खेलमा भारतविरुद्ध प्रतिस्पर्धात्मक ब्याटिङ गरेको छ । ५ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश चौथो दिनको खेल सकिँदा २७२–६ को अवस्थामा छ । बंगलादेशलाई अन्तिम दिन जितको लागि २ सय ४१ रन र भारतलाई चार विकेट आवश्यक […]

94 views

0 Bookmark

एजेन्सी – डेब्यू खेल मै युवा ओपनर जाकिर हसनले शतक हानेपछि घरेलु टोली बंगलादेशले पहिलो टेस्ट खेलमा भारतविरुद्ध प्रतिस्पर्धात्मक ब्याटिङ गरेको छ । ५ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश चौथो दिनको खेल सकिँदा २७२–६ को अवस्थामा छ ।

बंगलादेशलाई अन्तिम दिन जितको लागि २ सय ४१ रन र भारतलाई चार विकेट आवश्यक हुनेछ । बंगलादेशको नजर जित भन्दा पनि विकेट बचाउँदै ड्रतर्फ हुनेछ । कप्तान सकिब अल हसन ६९ बलमा ३ चौका र २ छक्कासहित ४० र युवा अलराउन्डर मेहिदी हसन मिराज ४० बलमा २ चौका प्रहार गर्दै ९ रनमा क्रिजमा छन् ।

पाँचौं दिन सातौं विकेटका लागि यी दुई ब्याटरको साझेदारीले बंगलादेशको नतिजा निर्भर रहने देखिन्छ । २४ वर्षीय बायाँ हाते ओपनर जाकिर हसनले २ सय २४ बलमा १२ चौका र १ छक्कासहित १ सय रनको यादगार शतकीय इनिङ खेले । उनी बंगलादेशबाट डेब्यू खेलमा शतक हान्ने चौथो टेस्ट खेलाडी हुन् । स्पिनर रविचन्द्रन आश्विनको बलमा हसन इन साइड एज लागेर फस्ट स्लिपमा विराट कोहलीबाट क्याच आउट हुँदै पेभेलिएन फर्केका थिए ।

बंगलादेशलाई ओपनर हसन र शान्टोले पहिलो विकेटका लागि १ सय २४ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । शान्टो उमेश यादवको बलमा आउट साइड एज लागेर विकेट कोहलीको हातबाट क्याच छुटेपनि पन्तले समात्न पुगेका थिए ।

शान्टाले १ सय ५६ बलमा ७ चौकासहित ६७ रन जोडे । यासिर अली ५, लिटन दास १९ र मुश्फिकुर रहिम २३ रनमा आउट भए । भारतका लागि अक्षर पटेलले सर्वाधिक तीन विकेट लिएका छन् ।

त्यसअघि तेस्रो दिन भारतले दोस्रो इनिङमा २५८-२ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्दै ५ सय १३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पहिलो इनिङमा २ सय ५४ रनले अघि हुँदा सम्रगमा ५ सय १२ रनको अग्रता दिलएको थियो ।

भारतका चेतेश्वर पुजारा १ सय ३० बलमा १३ चौकासहित १ सय २ रनमा अविजित रहे । ओपनर शुभमन गिल १ सय ५२ बलमा १० चौका र ३ छक्कासहित १ सय १० रनमा आउट भए । गिलको यो टेस्ट करिअरको पहिलो शतक हो । पुजारा र गिलले दोस्रो विकेटका लागि १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए ।

बंगलादेश पहिलो इनिङमा १ सय ५० रनमा अल आउट भएको थियो । बंगलादेशका अनुभवी खेलाडी मुश्फिकुर रहिम ५८ बलमा ३ चौकासहित सर्वाधिक २८ रनमा आउट भए । मिराजले ८२ बलमा २ चौका र १ छक्कासहित २५ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

लिटन दास २४, जकिर हसन २०, सकिब अल हसन ३ र इबादोत हुसैन १७ रनमा आउट भए । भारतका कुलदीप यादवले सर्वाधिक पाँच र तीव्र गतिका बलर मोहम्मद शिराजले तीनले विकेट लिए ।

त्यसअघि पहिलो दिन जहूर अहमेद चौधरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ४ सय ४ रनमा अल आउट भयो । भारतका युवा ब्याटर श्रेयस ऐर १ सय ९२ बलमा १० चौकासहित ८६ रनमा बोल्ड भए । चेतेश्वर पुजारा दिनको अन्तिम समयतिर २ सय ३ बलमा ११ चौका प्रहार गर्दै ९० रनमा बोल्ड भए ।

एक समय ११२–४ को अवस्थामा पुगेपनि पाँचौं विकेटका लागि ऐर र पुजाराले १ सय ४९ रनको साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो । प्रमुख ब्याटर विराट कोहली ताइजुलको बलमा एक रनमै एलबीडब्लू आउट भएका थिए । ऋषभ पन्त ४५ बलमा ६ चौका र २ छक्कासहित ४६ रनमा बोल्ड भए । मेहदी हसन मिराजले अक्षर पटेललाई १४ रनमा एलबीडब्लू आउट गरे ।

तल्लोक्रमका रविचन्द्रन आश्विनले १ सय १३ बलमा २ चौका र २ छक्कासहित ५८ रनमा आउट भए । कुलदीप यादवले १ सय १४ बलमा ५ चौकासहित ४० रन जोडे । बंगलादेशका ताइजुल इस्लाम र मेहिदी हसन मिराजले समान चार विकेट लिए ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.