default_image

3 months ago

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

2641 views

0 Bookmark

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ ।

मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो ।

शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा खेलमा दुईपटक पछि परेपनि बार्सिलोनालाई ४–२ ले पराजित गर्दै शीर्ष चारमा स्थान पक्का ग¥यो । जिरोनाको जितले चार खेल बाँकी छँदै रियल म्याड्रिड यस सिजन २०२३–२४ को ला लिगाको उपाधि जित्न सफल भयो ।

बार्सिलोनाका लागि एन्ड्रियास क्रिस्टेन्सेनले खेलको तेस्रो मिनेटमा नै उत्कृष्ट शैलीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर, ६८ सेकेन्डपछि आर्टेम डोभबिकले बराबरी गोल फर्काए ।

यो सिजन ला लिगामा डोभबिकको २०औं गोल हो । यस गोलसँगै उनी ला लिगाको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेको छ । उनीभन्दा पछि रियल म्याड्रिडका जुड बेलिङहम (१८) गोल रहेको छ । अर्टिम पिचिची ट्रफीको दौडमा अगाडि रहेको छ ।

पहिलो हाफको इन्ज्युरी समयमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । लामिन यमललाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा लेवान्डोस्की चुकेनन् ।

६५औं मिनेटमा डोभबिकको ब्याकपासमा परिवर्तित खेलाडी क्रिस्टियन पोर्टुले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । पोर्टुले मैदान छिरेको पहिलो मिनेटमा नै गोल गर्न सफल भएका हुन् ।

उनी ६५औं मिनेटमा डेभिड लोपेजको स्थानमा मैदान छिरेका थिए । त्यसको दुई मिनेटपछि नै रियल म्याड्रिडका पूर्व डिफेन्डर मिगुएल गुटेरेजले गोल गर्दै जिरोनाले खेलमा पहिलो पटक अग्रता लिन सफल भयो ।

७५औं मिनेटमा पोर्टुले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जिरोनालाई ४–२ को सानदार जित दिलाए। जिरोनाले यो सिजन ला लिगाको दुवै खेलमा बार्सिलोनालाई पराजित गर्न सफल भयो । यसअघि गत डिसेम्वरमा जिरोनाले बार्सिलोनालाई उसकै मैदानमा ४–२ ले पराजित गरेको थियो ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको जिरोनाको ३४ खेलबाट ७४ अंक पुगेको छ । अब चार राउन्डको खेल बाँकी रहँदा बाँकी सबै खेलमा पराजित भएपनि पाँचौं स्थानमा रहेको एथलेटिको बिल्वाओले भेट्ने छैन ।

पराजित बार्सिलोना ७३ अंकसहित तेस्रो स्थानमा झरेको छ । बार्सिलोनाको हारसँगै शनिबार क्याडिजलाई ३–० ले हराएको रियल मड्रिड कीर्तिमानी ३६औं पटक ला लिगा च्याम्पियन बनेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.