default_image

1 year ago

December 18, 2022

बंगलादेशमाथि सानदार जितसँगै भारत तेस्रो स्थानमा उक्लियो

एजेन्सी – भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशलाई १ सय ८८ रनको फराकिलो अन्तरले हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२२/२३ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । भारतले श्रीलंकालाई पछि पार्दै फाइनल सम्भावना कायमै राखेको छ । जितको लागि ५ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ३ सय २४ रनमा अल […]

75 views

0 Bookmark

एजेन्सी – भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली बंगलादेशलाई १ सय ८८ रनको फराकिलो अन्तरले हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२२/२३ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । भारतले श्रीलंकालाई पछि पार्दै फाइनल सम्भावना कायमै राखेको छ ।

जितको लागि ५ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ३ सय २४ रनमा अल आउट भयो । पाँचौं दिन २७२–६ को अवस्थाबाट सुरुवात गरेको बंगलादेश ५२ रन जोड्दै चार विकेट गुमायो ।

बंगलादेशका लागि २४ वर्षीय बायाँ हाते ओपनर जाकिर हसनले २ सय २४ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय रनको यादगार शतकीय इनिङ खेले । उनी बंगलादेशबाट डेब्यू खेलमा शतक हान्ने चौथो टेस्ट खेलाडी हुन् । स्पिनर रविचन्द्रन आश्विनको बलमा हसन इन साइड एज लागेर फस्ट स्लिपमा विराट कोहलीबाट क्याच आउट हुँदै पेभेलिएन फर्केका थिए ।

बंगलादेशलाई ओपनर हसन र शान्टोले पहिलो विकेटका लागि १ सय २४ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । शान्टो उमेश यादवको बलमा आउट साइड एज लागेर विकेट कोहलीको हातबाट क्याच छुटेपनि पन्तले समात्न पुगेका थिए ।

शान्टाले १ सय ५६ बलमा ७ चौकासहित ६७ रन जोडे । यासिर अली ५, लिटन दास १९ र मुश्फिकुर रहिम २३ रनमा आउट भए । कप्तान सकिब अल हसनले १ सय ८ बलमा ६ चौका र ६ छक्कासहित ८४ रनमा कुलदीप यादवको बलमा बोल्ड भए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका कुलदीप यादवले तीन र अक्षर पटेलले चार विकेट लिए । पहिलो इनिङमा पाँच विकेट लिनुको साथै ४० रन बनाएका कुलदीप खेलको प्लेयर अफ द म्याच चुनिए ।

त्यसअघि तेस्रो दिन भारतले दोस्रो इनिङमा २५८–२ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्दै ५ सय १३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । पहिलो इनिङमा २ सय ५४ रनले अघि हुँदा सम्रगमा ५ सय १२ रनको अग्रता दिलएको थियो ।

भारतका चेतेश्वर पुजारा १ सय ३० बलमा १३ चौकासहित १ सय २ रनमा अविजित रहे । ओपनर शुभमन गिल १ सय ५२ बलमा १० चौका र ३ छक्कासहित १ सय १० रनमा आउट भए । गिलको यो टेस्ट करिअरको पहिलो शतक हो ।

बंगलादेश पहिलो इनिङमा १ सय ५० रनमा अल आउट भएपछि पहिलो इनिङमै २ सय ५४ रनले पछि परेको थियो । बंगलादेशका अनुभवी खेलाडी मुश्फिकुर रहिम ५८ बलमा ३ चौकासहित सर्वाधिक २८ रनमा आउट भए । मिराजले ८२ बलमा २ चौका र १ छक्कासहित २५ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

लिटन दास २४, जकिर हसन २०, सकिब अल हसन ३ र इबादोत हुसैन १७ रनमा आउट भए । भारतका कुलदीप यादवले सर्वाधिक पाँच र तीव्र गतिका बलर मोहम्मद शिराजले तीनले विकेट लिए ।

त्यसअघि पहिलो दिन जहूर अहमेद चौधरी स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ४ सय ४ रनमा अल आउट भयो । भारतका युवा ब्याटर श्रेयस ऐर १ सय ९२ बलमा १० चौकासहित ८६ रनमा बोल्ड भए । चेतेश्वर पुजारा दिनको अन्तिम समयतिर २ सय ३ बलमा ११ चौका प्रहार गर्दै ९० रनमा बोल्ड भए ।

एक समय ११२–४ को अवस्थामा पुगेपनि पाँचौं विकेटका लागि ऐर र पुजाराले १ सय ४९ रनको साझेदारी गरेपछि भारत खेलमा फर्किएको थियो । प्रमुख ब्याटर विराट कोहली ताइजुलको बलमा एक रनमै एलबीडब्लू आउट भएका थिए । ऋषभ पन्त ४५ बलमा ६ चौका र २ छक्कासहित ४६ रनमा बोल्ड भए । मेहदी हसन मिराजले अक्षर पटेललाई १४ रनमा एलबीडब्लू आउट गरे ।
तल्लोक्रमका रविचन्द्रन आश्विनले १ सय १३ बलमा २ चौका र २ छक्कासहित ५८ रनमा आउट भए । कुलदीप यादवले १ सय १४ बलमा ५ चौकासहित ४० रन जोडे । बंगलादेशका ताइजुल इस्लाम र मेहिदी हसन मिराजले समान चार विकेट लिए । दुई टेस्ट खेलको सिरिजमा भारतले १-० को अग्रता दिएको छ । भारत र बंगलादेशबीच दोस्रो टेस्ट खेल २२ डिसेम्बर देखि सुरु हुनेछ ।

अंक तालिका

अष्ट्रेलिया १२ खेलमा ८ मा जितसहित ७५ विजयी प्रतिशतका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका १० खेलमा ६ मा जितसहित ६० विजयी प्रतिशतका साथ दोस्रो स्थानमा छ । भारत १३ खेलमा ७ मा जितसहित ५५.७७ विजयी प्रतिशतको साथ तेस्रो स्थानमा छ ।

श्रीलंका १० खेलमा ५ मा जितका साथ ५३.३३ विजयी प्रतिशतका साथ चौथो स्थानमा छ । अष्ट्रेलियाको फाइनल स्थान बलियो देखिन्छ । दोस्रो टोलीमा भारत र दक्षिण अफ्रिका मध्य एक टोलीको सम्भावना बढी छ । फाइनल २०२३ मा लर्ड्समा हुनेछ । २०१९/२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.