default_image

1 year ago

December 18, 2022

अष्ट्रेलियाको जितले भारतलाई फाइदा

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ मा दक्षिण अफ्रिकामाथि अष्ट्रेलिया जितले भारतलाई फाइदा पुगेको छ । द गाब्बा ब्रिसबेनमा दोस्रो दिनमै सकिएको टेस्ट खेलमा अष्ट्रेलिया ६ विकेटले विजयी भयो । त्यो अष्ट्रेलियाको जितले भारतलाई पनि ठूलो फाइदा पुगेको छ । अष्ट्रेलिया जितको एक घण्टा अगाडि भारतले बंगलादेशलाई १ सय ८८ रनको फराकिलो अन्तरले हराएको […]

195 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ मा दक्षिण अफ्रिकामाथि अष्ट्रेलिया जितले भारतलाई फाइदा पुगेको छ । द गाब्बा ब्रिसबेनमा दोस्रो दिनमै सकिएको टेस्ट खेलमा अष्ट्रेलिया ६ विकेटले विजयी भयो । त्यो अष्ट्रेलियाको जितले भारतलाई पनि ठूलो फाइदा पुगेको छ ।

अष्ट्रेलिया जितको एक घण्टा अगाडि भारतले बंगलादेशलाई १ सय ८८ रनको फराकिलो अन्तरले हराएको थियो । बंगलादेशलाई हराउँदा भारत चौथोबाट तेस्रो स्थानमा उक्लिएको थियो । तर अष्ट्रेलियाको जितपछि भारत दोस्रो स्थानमा उक्लिदै फाइनल सम्भावना थप आशा थपेको छ । दक्षिण अफ्रिका भने दोस्रोबाट तेस्रो स्थानमा झरेको छ ।

अष्ट्रेलिया १३ खेलमा ९ मा जित र १ मा हार सहित ७६.९२ विजयी प्रतिशतका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकासँग तीन टेस्ट खेल सिरिजमा १–० को अग्रता लिएको छ । अष्ट्रेलियाले फेब्रुअरी मार्चमा भारतमा गएर चार टेस्ट खेलको सिरिज खेल्नेछ । बाँकी ७ मध्य दुई वा तीन जितले अष्ट्रेलिया सहजै फाइनलमा पुग्नेछ ।

भारत १३ खेलमा ७ मा जित र ४ मा हारसहित ५५.७७ विजयी प्रतिशतका साथ दोस्रो स्थानमा छ । भारतले बंगलादेशसँग दुई टेस्ट खेलको सिरिज १–० को अग्रता लिएको छ । अष्ट्रेलियासँग घरेलु मैदानमा चार टेस्ट खेलको सिरिज खेल्नेछ । भारतलाई फाइनलमा पुग्न बाँकी पाँच मध्य चार जित आवश्यक पर्छ ।

दक्षिण अफ्रिका ११ खेलमा ६ मा जित र ५ मा हारसहित ५४.५५ विजयी प्रतिशतका साथ तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले घरेलु मैदानमा वेस्टइन्डिजसँगको दुई टेस्ट खेलको सिरिज खेल्नेछ । त्यो दुई खेलको सिरिज जित्दा फाइनल सम्भावना बलियो हुनेछ । अष्ट्रेलियाविरुद्ध बाँकी खेलमा जित निकाल्न सके झनै सहज हुने देखिन्छ ।

अष्ट्रेलियासँग हार्नुअघि दक्षिण अफ्रिका ६० विजयी प्रतिशत थियो । यदि अष्ट्रेलियासँग सिरिज हारे र भारतले ३ खेल भन्दा बढी जितेमा दक्षिण अफ्रिका बाहिरिनु पर्ने हुन्छ ।

फाइनलमा पुग्ने सम्भावना भएको चौथो टोली श्रीलंका हो । श्रीलंका १० खेलमा ५ मा जित र ४ मा हार सहित ५३.३३ विजयी प्रतिशत सहित चौथो स्थानमा छ । श्रीलंकाले अव न्युजिल्यान्डसँग उसकै मैदानमा गएर दुई टेस्ट खेलको सिरिज खेल्नेछ । श्रीलंकाले दुबै खेल जित्नुपर्छ । साथै बंगलादेश र अष्ट्रेलियाले भारतलाई हराउनु पर्ने हुन्छ । वेस्टइन्डिजले दक्षिण अफ्रिकालाई हराउँदा फाइनल सहज हुनेछ ।

इंग्ल्यान्ड २१ खेलमा ९ मा जित र ८ मा हार सहित ४४.४४ का साथ पाँचौं स्थानमा छ । पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको इंग्ल्यान्ड भने अनौपचारिक रुपमा बाहिरि सकेको छ । साविक विजेता न्युजिल्यान्ड ९ खेलमा २ मा जित र ६ मा हारसहित २५.९३ विजयी प्रतिशतका साथ आठौं स्थानमा रहँदै बाहिरिएको छ ।

बंगलादेश १२.१२ विजयी प्रतिशतका साथ पुछारमा रहँदै बाहिरिएका छन् । गत वर्ष फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । फाइनल आगमी जुनमा इंग्ल्यान्डमा हुनेछ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.